रामेछापमा कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी शुरु
2 महीना पहिले प्रकाशित

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा बुधबार देखि मन्थलीमा कृषि, पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ शुरु भएको छ । मेला प्रदर्शनी माघ २६ गते सम्म चल्ने छ ।
जिल्लामा उत्पादन भएका कृषि तथा पशु उपज, लघु तथा घरेलु उद्योगबाट उत्पादित सामाग्रि, हस्तकला, जातिय संस्कार तथा संस्कृति झल्काउने झाँकीका अतिरीक्त कला क्षेत्रका विभिन्न विधा समावेश गरीने उक्त मेला प्रदर्शनीमा ७५ वटा स्टल राखिएका छन् । मेला प्रदर्शनीका क्रममा विभिन्न सांगीतिक कार्यक्रमका साथै मनोरञ्जन समेत दिईने आयोजक रामेछाप उद्योग वाणिज्य संघले जनाएको छ ।
मेलाको नेपाल उद्योग बाणिज्य महासंघ, जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले बुधबार एक भव्य कार्यक्रमका बिच उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन अघी बाजा गाजा सहित उद्योगी व्यवसायीहरुको ¥यालीले नगर परिक्रमा गरेको थियो ।
रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविन थापामगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमति प्रदेशसभाको उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापका उप प्रमुख प्रेमसागर थापा, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीवहादुर खड्का, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य डिबी बस्नेत, नेपाल उद्योग वाणिज्य महासंघको बागमति प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले मेलाले रामेछाप जिल्लाका उत्पादन र कृषि उपजले वजार प्रवद्र्धनमा सहयोग पुग्ने वताएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका कार्यबाहक जिल्ला सभापति लेखबहादुर कार्की, नेकपा एमालेका उपाध्यक्ष होतराज ढकाल, नेकपा माओवादी केन्द्रका उद्धव रम्तेल, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति मोहन कार्की, नेकपा एकिकृत समाजवादीका विकास पुलामी, राष्ट्रिय प्रजातन्त्र पार्टीका शिबजी घिमिरे, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिपककुमार घिमिरे ,जिल्ला सहकारी संघका अध्यक्ष हिमाल ढुंगेल र रामेछाप उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठ लगाएतले मेला मोहत्सवको आयोजनाले जिल्ला भित्र र बाहिर रामेछापका उत्पादनको वजार प्रबद्र्धनमा उल्लेख्य भूमिका खेल्नु पर्ने वताएका थिए ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले