+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

माघ १६ देखि कृषि पर्यटन औद्योगिक प्रदर्शनी

2 महीना पहिले प्रकाशित


रामेछाप । रामेछाप जिल्लाको कृषि तथा पर्यटन व्यवसायको प्रबद्र्धनका लागि रामेछाप उद्योग वाणिज्य संघले कृषि पर्यटन औद्योगिक प्रदर्शनी मेलाको आयोजना गर्ने भएको छ ।


मन्थलीको जिल्ला समन्वय समितिको जग्गामा हुने उक्त मेला माघ १६ देखि २६ गते सम्म संचालन हुनेछ । मेलामा जिल्लामा उत्पादित कृषि तथा घरेलु उत्पादनहरू, हस्ताकला तथा कुटिर उद्योगबाट उत्पादित सामग्रीहरु राखिनेछन् । त्यसका अतिरीक्त मेलामा विभिन्न जातजातिको झाकिँ प्रदर्शन गरिने छ । झण्डै ७५ वटा स्टल रहने उक्त मेलामा स्थानीय र राष्ट्रिय स्तरका कालाकारद्वारा संगितिक कार्यक्रम प्रदर्शन गरिने कार्यक्रम रहेको शनिबार संघद्धारा पत्रकार भेटघाटकाे आयोजना गरी रामेछाप उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।


कृषि, जलस्रोत, वन, कला संस्कृतिको जर्गेना गराै‌ पर्यटन प्रबद्र्धन गरौँ भन्ने नारा सहित सञ्चालन हुने कृषि, पर्यटन औद्योगिक प्रर्दशनि मेलाको पहिलो दिन माघ १६ र समापन हुने दिन माघ २६ गते प्रवेश निःशुल्क हुने रामेछाप उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिएका छन् । अन्य दिन बेलुका ४ बजेबाट सशूल्क सांस्कृतिक कार्यक्रम संचालन गरीने श्रेष्ठले वताए । मेला आयोजनाका लागि झण्डै २५ लाख रुपैंयाँ खर्च लाग्ने र सो को व्यवस्थापनका लागि प्रदेश र स्थानीय सरकारहरुमा अनुरोध गरीएको समेत श्रेष्ठले जनाएका छन् ।


उद्योग वाणिज्य संघको बर्तमान नेतृत्वले यसअघी सडक खाना महोत्सव र बृहत रामेछाप महोत्सवको आयोजना गरीसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

1 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

1 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

1 महीना पहिले