तामाकोशी जलविद्युत आयोजना पूर्ण क्षमतामा संचालन
2 महीना पहिले प्रकाशित

दोलखा । उत्तरी दोलखामा रहेको माथिल्लो तामाकोशी आयोजना पूर्ण क्षमतामा संचालन हुन थालेको छ । मंगलबार देखी उक्त आयोजना पूर्ण क्षमतामा संचालन हुन लागेको हो ।
असोज १२ गते आएको बाढीले जलविद्युत आयोजनाका संरचना, प्रशारण लाईन तथा आयोजना स्थल सम्म पुग्ने सडक क्षतिग्रस्त पारेपछि झण्डै साढे तिन महिना आयोजना पूर्ण रुपमा वन्द भएको थियो । आयोजनाको बाँध स्थल लामाबगर नजिकै रहेका दुई वटा बालुवा थिग्रयाउने पोखरीलाई माथिबाट झरेको पहिरोले क्षतविच्छेद वनाएको थियो । उक्त पोखरी मध्ये दाहिने तर्फको पोखरीलाई मर्मत गरी पुस १० गते देखि आयोजनाले आशिंक रुपमा विद्युत उत्पादन गर्दै आएको थियो । रनअफ रिभर प्रणालीबाट पुस देखि करिव १ सय मेघावाट विद्युत उत्पादन गरी प्रशारण लाईनमा पठाएको आयोजनाले दोश्रो अर्थात देब्रे तर्फको पोखरीको समेत मर्मत सोमबार अपरान्ह सकेको थियो । आयोजनाका अनुसार त्यस अघी बाढी बाट क्षतिग्रस्त गोगर लामाबगर सडकको मर्मत तथा सिंगटी नजिकै २२० केभि प्रशारण लाईनमा भएको क्षतिको मर्मत गरीएको थियो ।
आयोजनाको बाँध बन्द गर्दा भरिने जलासयका कारण विद्युतको माग उच्च रहेको बेला झण्डै ४ घण्टा सम्म माथिल्लो तामाकोशीले पूर्ण क्षमता अर्थात ४ सय ५६ मेघावाट विद्युत उत्पादन गरी प्रशारण लाईनमा पठाउन थालेको हो । सांझको बेला विद्युत माग उच्च हुने भएकाले साँझ देखि राति १० बजे सम्म माथिल्लो तामाकोशी पूर्ण क्षमतामा संचालन गर्ने र त्यसपछि फेरी जलासयमा पानी जम्मा गर्दै जाने निती लिइएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत २२० केभि प्रशारण लाईनबाट रामेछापको मन्थली नगरपालिका १३ साँखे स्थित न्यू खिम्ती सव स्टेशनमा पठाउने त्याहाँबाट २२० केभि खिम्ती ढल्केबर र १ सय ३२ केभि खिम्ती सुनकोशी प्रशारण लाईन मार्फत राष्ट्रिय प्रणालीमा जोडिएको छ । हाल देशको आन्तरिक रुपमा उत्पादन भएका विद्युतले माग संवोधन गर्न नसकेर भारतबाट विद्युत आयात हुदै आएको छ । भारतबाट काठमाण्डौं तर्फ विद्युत ल्याउन पनि खिम्ती ढल्केबर र खिम्ती सुनकोशी भक्तपुर बालाजु प्रशारण लाईनको प्रयोग हुदै आएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले