बाणिज्य बैंकद्धारा उत्कृष्ट निक्षेपकर्ता र असल ऋणीलाई सम्मान
2 महीना पहिले प्रकाशित

रामेछाप । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको ६० औं बार्षिकोत्सवको अवसरमा बैकको शाखा कार्यालय मन्थलीले उत्कृष्ट निक्षेपकर्ता तथा असल ऋण कारोवार गर्ने ग्राहकहरुलाई सम्मान गरेको छ ।
बाणिज्य बैंकमा बचत र ऋणको कारोवार गर्ने मध्ये ढाकल वहादुर थापा, सविता उप्रेति, यज्ञप्रसाद सुवेदी र अमित तामाङ रहेका छन् । उनीहरुलाई बागमति प्रदेशसभाका सदस्य आनन्दकुमार श्रेष्ठले सम्मान गरेका थिए ।
शाखा प्रवन्धक मिनवहादुर भुजेलको अध्यक्षतामा बुधबार बैंकको शाखा कार्यालयमा आयोजित उक्त कार्यक्रममा प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष दिपककुमार घिमिरे, निर्माण व्यवसायी संघ रामेछापका बरिष्ट उपाध्यक्ष कृष्ण थापामगर, रामेछाप उद्योग वाणिज्य संघका महासचिव कुमार श्रेष्ठ र रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जेएन दाहाल लगाएतले राष्ट्रिय बाणिज्य बैंकले रामेछापका दुर्गम स्थानहरुमा छरिएर रहेका व्यवसायी तथा सर्वसाधारणलाई वित्तिय कारोवारमा जोडेकोमा खुसी व्यक्त गरेका थिए ।
कार्यक्रममा बैंकको सेवा प्रभावकारी रहेको र नागरिकहरुको आर्थिक उत्थानमा बैंकले अझ व्यवसायीक क्षेत्रमा लगानी केन्द्रीत गर्दै लानु पर्ने आवश्यकता माथि बक्तहरुले जोड दिएका थिए ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले