तातोपानी नाकामा चहलपहल बढदै
3 महीना पहिले प्रकाशित

सिन्धुपाल्चोक । २०७२ सालको भुकम्प पछि कहिलेकाँहि मात्र खुल्ला हुने सिन्धुपाल्चोकको तातोपानी नाकामा केहि चहल पहल बढेको छ । चीन बाट नेपालमा हुने बस्तु कारोवारका लागि केहि बर्ष अघी सम्म तातोपानी नाका प्रमुख मानिएको थियो । केरु¨ नखुल्दा सम्म उत्तरी देश सगको प्रमुख व्यापारीक कारोवार हुने उक्त नाका एक दशकको अवधिमा पटक पटक सुस्ताउदै आएको थियो ।
असोजको दोश्रो साता आएको बाढीपहिरोले तातोपानी तर्फ जाने पुल बगाएपछि बेलाबेला अवरुद्ध भइरहेको तातोपानी नाकामा पुग्ने अस्थायी पुल र सडक निर्माण सगैं विस्तारै चहलपहल हुदै गएको हो ।
भूकम्प र पटक पटक बाढी पहिरोको चपेटामा परेर खण्डहर बनेको लिपिङ बजारमा धेरैजसो पसल होटल सामान्य अवस्थामानै चलाइएको छ । अस्थायी रुपमा संचालनमा आएका जस्ता देखिने पसलहरुमा ग्राहकको भीड देखिन्छ । स्थानीय वासिन्दाका अनुसार व्यापारमा समेत क्रमस सुधार भइरहेको छ ।
बाढीले बेलिब्रीज बगाएर बन्द भएको लार्चामा भोटेकोशी गाउँपालिकाले ह्युमपाइप राखेर सडक सञ्चालन ल्याएको छ । सडक संचालनमा आए सगैं सिमा नाकामा केही सहज वातावरण बनेको भोटेकोशी–२ का अध्यक्ष कुमार श्रेष्ठले बताएका छन् । सामान बोकेर नेपाल प्रवेसका लागि आउदै गरेका करिव चार सय कन्टेनर चीनको खासा, न्यालम सहित सीमाक्षेत्रकै सडकमा अलपत्र थिए ।
२०७२ सालको भूकम्पले ठुलो क्षति गरेको उक्त क्षेत्रमा अहिले पनि पहिरोको उच्च जोखिम रहेको छ । चीनले खासा बजार तर्फ आउने सडकलाई व्यवस्थित वनाउनका लागि भूमिगत सडक निर्माण गरिरहेको भएपनि नेपाल तर्फको सडकको अवस्था नाजुक रहेको । बाढी पहिरोले सिमा वजार देखि जुरे सम्मको क्षेत्र उच्च जोखिममा रहेको छ ।
सरकारले चीन संग जोडिएको प्रमुख नाका तातोपानी तर्फको व्यापारलाई अहिले रसुवा तर्फको टिमुरे नाका तर्फ सारेको छ । तर टिमुरेमा समेत सहज छैन् । चीनको केरु¨ देखि टिमुरे सम्मको सडक बर्षायाममा बारम्बार पहिरोले अवरुद्ध हुने गरेको छ । हिउँदका बेलामा पनि हिउँ जम्नाले सहज आवागमनमा समस्या हुने गरेको वताईन्छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले