+९७७ ९८17822777 | sarlahionline17@gmail.com

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्न

1 दिन पहिले प्रकाशित

नरेश यादव

पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । 
डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभोक्ता समूहको 22 औ‌ साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्रालय मधेस प्रदेशका मन्त्री मा. शंकर चौधरी वन जङ्गल मानव जीवनको लागि नभई नहुने सम्पदा हो। साथै वन्यजन्तुको घर नै वनजङ्गल रहेको छ हामीलाई बाँच्नको लागि वनजङ्गल नै आवश्यक रहेको छ। त्यसैले हामी सबैले यो साधारण सभाबाट वनजङ्गल जोगाउनको निमित्त एक असल व्यक्तिको जिम्मेवारी हामी सबै मिली लगाउनुपर्छ। जिम्मेवारी लगाएर हामी सबै यसबाट पन्छिनु पनि हुँदैन। हामीले पनि आ-आफ्नो ठाउँबाट यसको संरक्षण गरिराख्नु पर्छ । त्यसैले हामी सबै यहाँ राजनीतिकरण नगरी एक असल व्यक्तिको छनोट समेत गर्नुपर्ने मन्तव्य मा. मन्त्रीज्यूले व्यक्त गरेका थिए। साधारण सभाबाट साझेदारीको लागि निर्विरोध अध्यक्ष पदमा लखनल शाह तेली भएका छन् भने उपा अध्यक्षमा असलमालम भएका छन्। कार्यक्रममा साझेदारी वन महासङ्घ केन्द्रीय अध्यक्ष रामप्रसाद चौधरी, वन सचिव जीवनाथ पौडेल, प्रदेश वन निर्देशक जगन्नाथ प्रसाद जयसवाल लगायतको उपस्थिति रहेको थियो।कार्यक्रम जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निरञ्जन शाह सुनारको अध्यक्षतामा भएको थियो भने स्वागत मन्तव्य जिल्ला वन कार्यालय पर्साका प्रमुख मञ्जु अहमदले गरेका थिए भने सहजीकरण जवाहरलाल प्रसाद कुर्मीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

1 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले