+९७७ ९८17822777 | sarlahionline17@gmail.com

एमाले माथि भएको घेराबन्दी विरुद्ध खवरदारी गरौं ः थेबे

1 वर्ष पहिले प्रकाशित

रामेछाप । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले अहिले चौतर्फि रुपमा नेकपा एमालेलाई सिध्याउने चलखेल भइरहेकोले त्यसका विरुद्ध युवाहरुले डटेर लाग्नु पर्ने वताएका छन् ।
       देशमा सुशासन, सम्बृद्धि र विकास लाई रोक्न सकिन्छ र व्यवस्था माथिनै धावा बोल्न सकिन्छ भन्ने मनसायले अहिले एमालेलाई खेदने काम भइरहेको छ । त्यसका विरुद्धमा सवैले एक एक भएर खडा हुनुका लागि थेबेले युवाहरुलाई आग्रह गरे ।
       युवा संघ मन्थली नगरपालिकाको दोश्रो नगर अधिवेशनको उद्घाटन गर्दै थेबेले नेकपा एमालेलाई विना कारण विभिन्न बाहाना वनाई नाटकिय ढंगले आक्रमण हुदै आएको वताए । उनले नेकपा एमालेलाई त्ससको कुनै पर्वाह नभएको बताउदै नागरिकको अपार माया पाईरहेकाले आगामी २०८४ को निर्वाचनमा देशको पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने दावि गरे ।
         पार्टीका सदस्यबाट भबन निर्माणका लागि दान पाएका जग्गामा लुकिछिपी नभई खुल्लमखुल्ला रुपमा भवन सिलन्यास गरेको वताए । एमालेको नेतृत्वले पार्टी पंत्तिबाट छुकिछुपी त्यो जग्गा लिएको थियो भने इमान्दार हामी जस्ता कार्यकर्ताहरुले प्रधानमन्त्रीलाई राजीनामा गर्न बाध्य वनाउथ्यौं । थेबेले भने – तर त्यसमा केहि लुकाईएको छैन्, खुल्लमखुला पत्रकार बोलाएर जग्गा दान आएको जानकारी दिएर भवन निर्माण थालिएकोले त्यहि विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्दै धुवाधार विरोध हुनुको के अर्थ ? ।
          हामीले पुरानो राजनीतिक ईतिहासबाट पाठ सिकेर गणतन्त्रको संस्थागत विकासका लागि जति काम गर्नु पर्ने थियो त्यति गर्न सकेका छैनौं । त्यसैले पछिल्लो पुस्ता नैरास्यतामा गएको उनले वताए । थेबेले युवाहरुलाई संवोधन गर्ने क्रममा अवको प्रमुख माग भनेको युवाहरुको आत्मनिर्भरताको अभियान रहेको वताए । थेबेले भने – अवको मिसन रोजगार, अवको मिसन आत्मनिर्भर हो । संगठन निर्माण सगसगैं योग्य युवाको उत्पादनमा जोड दियौं ।
           कार्यक्रममा एमालेका पूर्व जिल्ला अध्यक्ष एवं बागमति प्रदेशसभाका सदस्य आनन्दकुमार श्रेष्ठ, पूर्व प्रदेश मन्त्री शान्तिप्रसाद पौडेल, नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया लगाएतले नेकपा एमालेको नेतृत्वमा रहेको बर्तमान सरकारले गरेका उपलव्धिको चर्चा गर्दै त्यसका विरुद्ध लाग्नेहरु संग मुकाविला गर्न र अनुशासित भएर संगठन निर्माणमा जुट्नका लागि युवाहरुलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

2 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले