+९७७ ९८17822777 | sarlahionline17@gmail.com

नेपालमा करीब अढाई लाख मगहीभाषी रहेको दावी मैलेपनि जनगणनामा मगहीमै टिक लगाए ः पूर्व मन्त्री यादव

2 वर्ष पहिले प्रकाशित

कैलास दास, जनकपुरधाम
जनकपुरधाम, २७ माघ । राष्ट्रिय जनगणना अनुसार नेपालमा दुई लाख ३० हजार मगही भाषाभाषी रहेको बताइएको छ ।
उपेन्द्र दासद्वारा मगही भाषामा लिखित ‘मगही इजोत’ गजल संग्रहको विमोचन कार्यक्रममा मगही फाउण्डेशनका संयोजक भुवनेश्वर महतोले २०७८ सालमा भएको जनगणना अनुसार दुई लाख ३० हजार व्यक्तिले आफुनो भाषा मगही रहेको जनगणनामा लेखाएको बताएका छन् । उहाँले हामीहरु बोल्दै आएको भाषा मगही हो, तर केही समुदायहरुले यसलाई पनि मैथिली बुझ्दै आएको दुःखद र चिन्ताको विषय रहेको बताएका छन् ।
अन्य भाषा जस्तै मगही भाषालाई सरकारले प्राथमिकतामा नराखेमा आफूहरु संघर्षको बाटो रोज्ने चेतावनी समेत दिएका छन् । उहाँले मगही भाषा र संस्कृतिलाई उजागर गर्न हामीहरु सरकारसँग बजेट माँग्छौ, दिएन भने संघर्षमा उत्रिन्छौं संयोजक महतोले भने । कतिपय व्यक्तिहरु आफ्नो भाषा के हो बुझि रहेको थिएन । तर अधिकांश व्यक्तिहरु अब हाम्रो भाषा भनेको महगी रहेको बुझ्न थालेको उहाँले जिकिर गरे ।


राष्ट्रिय दलित तत्मा समाज नेपालका अध्यक्ष रामअशिष दासको अध्यक्षतामा भएको विमोचन कार्यक्रमका प्रमुख अतिथि पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले राष्ट्रिय जनगणनामा आफू पनि भाषा रोज्दा मगही नै रोजेको बताएका छन् । उहाँले हाम्रो भाषा मगही हो भन्न संकोच गर्नु हुँदैन । मैथिली भाषाभन्दा निकै फरक मगही रहेकोले यस अभिमान लागेको अभियानीहरु खुलेर यसको संरक्षण सम्बद्र्धनमा जुटन सबैमा आग्रह समेत गरेका छन् ।
पूर्वमन्त्री यादवले भीमराव अम्बेडकरले शिक्षित बनौं, संगठित होऔं र संघर्ष गरौं दिएको यी मन्त्रले मात्र हाम्रो भाषा र संस्कृतिलाई जोगाउन सकिने जिकिर समेत गरेका छन् ।
कार्यक्रममा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलास दास, मगही अभियानी भरत महतो, विनोद महतो, रघुनाथ दास, परमेश्वर कापड सहितका व्यक्तिहरुले पुस्तकमाथि चर्चा गरेका छन् ।
एकसय ७ पुष्टका मगही इजोत पुस्तकमा एकसय ४ वटा गजलहरु समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

2 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले