+९७७ ९८17822777 | sarlahionline17@gmail.com

हरिवनमा आज (आईतवार) कर शिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, असोज २२ गते । सर्लाहीको हरिवनमा कर सेवा कार्यलय लालबन्दीको आयोजनामा कर शिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
(आज) आईतवार उद्योग बाणिज्य सघ हरिवनको सहजीकरणमा नेवा सेवा समाज हरिवनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हरिओनका उद्योगी ब्यापारीहरुको सहभागिता रहेको थियो ।


कर शिक्षा तथा अन्तरकृया कार्यक्रममा कर दाता सेवा कार्यलय लालबन्दीका प्रमुख नविन सुवेदीले सहभागिहरुलाई सहजिकरण गरेका थिए । अन्तरकृया कार्यक्रममा सहभागि उद्योगी ब्यापारीहरुले करको बिषय तथा ब्यवसाय ब्यवस्थापनको बिषयमा जिज्ञासा राखेका थिए ।


उद्योग बाणिज्य सघ हरिवनका अध्यक्ष प्रयागराज पोतेको अध्यक्षता तथा करदाता सेवा कार्यलय लालबन्दीका प्रमुख सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यलयका नायक सुब्बा सुरेन्द्र मण्डल, प्राविधिक रोशन कार्की, उद्योग बाणिज्य सघ हरिवनका उपाध्यक्ष दिनेश के सी, सचिव निरन्जन साह, सदस्य राम प्रवेश दास, दिनोद महत,दिपक दहाल लगाएतको आतिथ्यता रहेको कार्यक्रम सचालक एव उद्योग बाणिज्य सघ हरिवनका सदस्य यूवराज भण्डारीले जानकारी दिए ।
यस क्षेत्रका उद्योगी तथा ब्यापारीहरुलाई कर सम्बन्धी शिक्षा तथा अन्तरकृयाका लागि उद्योग बाणिज्य सघ हरिवनले बर्षेनी यस्ता कार्यक्रम सचालन गर्दै आईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

2 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले