+९७७ ९८17822777 | sarlahionline17@gmail.com

मलंगवाको अबस्था सहज बन्दै, दिउँसो खुल्ला राती कफ्यू

2 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, आश्विन ८ गते । सर्लाही सदरमुकाम मलंगवामा कफ्यू लागेको चौथो दिनमा अवस्था सहज भएपछि दिनको कफ्यू आदेश निष्कृय गरी राती ८ बजे देखी विहान ४ बजे सम्म कफ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला सुरक्षा समिति, सर्लाहीको अध्यक्ष एवंम प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्ला समन्वय समितिका प्रमुख कौशल किशोर सिंह, मलंगवा नगर प्रमुख नागेन्द्रप्रसाद यादव, मधेश प्रदेशका प्रदेश सांसद कौशल किशोरराय यादव लगायतको पदाधिकारीहरुको समन्वय सहजीकरण बैठक बसी कफ्यु आदेश परिमार्जन गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको हो ।
समन्वय सहजीकरण बैठकले मुर्ती सेलाउने क्रममा भएको विवादले मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढंगामुढा प्रहार, उत्श्रृंख्ल गतिविधि, लगायत विरोध प्रदर्शनका कारण सर्वसधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम हुन सक्ने स्थिति देखिएकोले अर्को आदेश नहुन्जेल सम्म स्थानीय प्रशासन ऐन , २०२८ को दफा ६(क) (१) (३) बमोजिम जारी कफ्यु आदेश परिमार्जन गरी दिनको समयमा कफ्र्यू निष्कृय गरी रातीदेखि विहानसम्म निरन्तरता दिने निर्णय गरेको छ ।
यसैगरी सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुंगामुढा, प्रहार, उत्श्रृंख्ल गतिविधि, लगायतका विरोद्ध प्रदर्शन गर्ने, समाजिक सदभाव बिगार्ने खालका घटना घटाउने एवम् घटनामा संलग्न जो कोहीलाई कडा कार्वाही गर्ने समन्वय सहजीकरण बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधीकारी ईन्द्रदेव यादवले बताउनु भयो ।
सर्लाही सदरमुकाम मलंगवामा गणेश मूर्ति सेलाउन लगिरहेको बेला बिहीबार साँझ दुई समुदायबीच भएको झडप तथा विवादले उग्ररुप लिएपछि मलंगवा नगरपालिकामा बिहीबार राती १० बजेदेखि कफ्यू आदेश जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

2 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले