जनकपुर–ढल्केबर सडक खण्डबाट प्रतिबन्धीत लागु औषध ९ किलो गाँजा सहित दुई जना पक्राउ
2 वर्ष पहिले प्रकाशित
धिरेश दत्त
जनकपुरधाम, भदौ २९ गते । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ जनकपुर–ढल्केबर सडक खण्डबाट प्रतिबन्धीत लागु औषध ९ किलो गाँजा सहित दुई जना पक्राउ परेको छ ।
क्षि.न.वडा नं.५जनकपुर–ढल्केबर सडक खण्डमा प्रतिबन्धीत लागु औषध ९ किलो गाँजा सहित क्षि. न. वडा नं. ७ बस्ने बर्ष ५० को राज कुमार महतो र मो.सा.पछाडी सवार जिल्ला धनुषा क्षि.न.वडा नं. ५ बस्ने बर्ष ३५ को मनोज कुमार पण्डित लाई समेत पक्राउ गरेकोछ ।
.jpg)
महताले चलाएकोे प्रदेश २–०२–००१ प ०६२४ नम्बरको टिभिएस कम्पनीको स्ट्राईकर मोटरसाईकल पछाडी सवार पण्डितले बोकी राखेको झोला भित्र सेतो बोरामा बेरिएको अवस्थामा प्रतिबन्धीत लागु औषध ९ किलो गाँजा लुकाई छिपाई ढल्केवरबाट जनकपुर तर्फ ल्याउँदै गरेको भनी बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले खोजतलास गर्दै जाँदा निजलाई पक्रन सफल भएको हो ।
.jpg)
महतो र पण्डितलाई उक्त लागु औषध गाँजा र मो.सा. समेत गरी दुवै जनालाई नियन्त्रणमा लिई ई.प्र.का. महेन्द्रनगर धनुषामा ल्याई शुक्रबार सम्मानित धनुषा जिल्ला अदालतबाट लागु औषध मुद्दा शिर्षकमा १० दिनको म्याद थप लिई अनुसन्धान कार्य भई रहेको प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले बताए ।
कमेन्ट गर्नुहोस्
सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..
नरेश यादव पर्सा, बीरगञ्ज, २०८२ माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..
2 दिन पहिले
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
11 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
11 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
11 महीना पहिले
