+९७७ ९८17822777 | sarlahionline17@gmail.com

भगवान श्रीगोविन्द जन्मोत्सव धुमधामका साथ मनाइयो , बरिस्ठ पत्रकार राजेश्वर नेपाली को नाममा साढे पाँच लाखको अक्षयकोष घोषणा

2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, भाद्र २४ गते । श्री गणिनाथ गोविन्द अवतरण दिवस( पूजनोत्सव) यहाँ धुमधामका साथ मनाइयो. सो अवसरमा हजारौं हजार श्रद्धालु भक्तजनहरुले दर्शन पूजन गर्नु भएका छन् ।
स्थानिय जिरो माइलदेखि ठिक एक कि .मी.मा रहेको बेलाग्राम स्थित दुधमती नदी तटमा श्री गणिनाथ श्री गोविन्द मन्दिर रहेको छ ।
आरम्भ भएको पूजामा बाँसबाट निर्माण भएको नयाँ ढिक्की, कोनिया लगायतका सामाग्रीमा च्यूरा, चुर्मा लडु, केरा, भेटी दहि, पान, सुपारी, लंग, पुष्प, पहिलो धोती लगायतका सामाग्रीबाट पूजारीले पूजा ढार्नु भयो । त्यसपश्चात सर्वसाधारणको दर्शन पूजन आरम्भ भएको थियो । सोही बेलादेखि प्रसाद वितरण शुरु भयो.


विभिन्न ठाउँबाट आएको गवैयाहरुले भगवान गणिनाथ गोविन्दको गायनहरु प्रस्तुत गर्नु भएको छ । त्यस गायनलाई बडो चाखपूर्ण सहभागिहरुले सुन्दै आनन्द लिए का थिए.
शुक्रवारदेखि आरम्भ भएको गणिनाथ पूजनोत्सव आइतवार विहान सम्पन्न हुनेछ.
शनिवार पूजा आरम्भ हुनुभन्दा जनकपुरधाम स्थित गंगा सागरबाट जल भरेर ल्याएको थियो. गोविन्द मन्दिर बाट निस्केको शोभायात्रा गाउदेखि नगर सम्मको परिक्रमा गरेको थियो ।
सो अवसरमा पत्रकार कमल साह लाई पनि सम्मान गरियो ।


नेपाल को पलवैया धाम यो स्थल रहेको गोविन्द सेवा समिति का अध्यक्ष साह राघवेन्द्र साहलु ले जानकारी गराउनु भयो । उहाँ ले आफ्नो पिताश्री बरिस्ठ पत्रकार राजेश्वर नेपाली को नाउमा ५ लाख ५१ हजारको अक्षय कोष स्थापना गर्नुभयो । अध्यक्ष साह ले भन्नुभयो , यस अक्षयकोष को ब्याजबाट आएको रकमले समाजमा पाँच प्रकारको पुरस्कार दिइने छ।त्यसमा पत्रकारीता,शिक्षा संस्कृति ,साहित्य ,कर्मवीर र स्वास्थ्य क्षेत्रका एक एक जनालाई एघार एधार हजार पुरस्कार रहने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

2 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले