+९७७ ९८17822777 | sarlahionline17@gmail.com

असामान्य बनेको मलंगवाको अवस्था शनिवार केही सामान्य

2 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, भदौ २३ गते । शुक्रवार साँझ सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा कृष्ण जन्माष्टमीको मुर्ती विसर्जन गरेर फर्किने क्रममा नगरपालिका कार्यालय अगाडीको मुख्य चौकमा दुई फरक समुदाय बिच उत्पन्न भएको विवादका कारण अशान्त बनेको नगरको अवस्था आज(शनिवार)केही सामान्य बनेको छ ।
हिजो(शुक्रवार) राती दुई समुदाय बिच ठुलो झडपको अवस्था सिर्जना हुन नदिइ भिडलाई भगाउन र ढुंगामुढा रोक्न १६ शेल अश्रुग्याँस र एक राउन्ड हवाइ फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । डिएसपी थारुका अनुसार सामान्य झडपमा परेर केही स्थानीय ब्यक्ति र केही सुरक्षाकर्मीहरु घाइते भएका थिए ।
सुरक्षाकर्मीहरुकै उपस्थितिमा सुरक्षित तवरले मुर्ति विसर्जन गरेर फर्किरहेको बेला मानिसहरुको भिड यताउता दौड्ने क्रममा स्थिति केही असहज बनेको डिएसपी थारुले बताए । बजारको स्थितिलाई सामान्य बनाउन रातभरि ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।
ऋाज (शनिवार) बिहान केही युवाहरुले नगरको विभिन्न चौकमा टायर बालेर प्रदर्शन गरेपछि बजार क्षेत्रका औषधि पसलहरु बाहेक सबै पसलहरु बन्द गरिएका छन् । सार्वजनिक सवारीसाधनहरु पनि छिटफुट रुपमा चलेका छन् । ठाउँठाउँमा ठुलो संख्यामा सुरक्षाकर्मीहरु खटाइएका छन् ।
सो विषयलाई लिएर आज (शनिबार) बिहान प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव तथा जिल्ला समन्वय समितिका प्रमुख कौशक किशोर सिंहको प्रमुख आतिथ्यतामा सर्वदलीय,सर्वपक्षीय समन्वय बैठक बसी ५ बुँदे निर्णयहरु गरिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले धार्मिक,जातीय ,साँस्कृतिक सद्भाव कायम राख्न सर्वपक्षीय सार्वजनिक अपिल गर्ने,सामाजिक सदभावमा खलल पुर्याउने गतिविधि नियन्त्रण गर्न हरेक उपाय अपनाउने,मेला,महोत्सव ,पर्व लगायतका कुनैपनि साँस्कृतिक वा धार्मिक कार्यक्रम संचालन गर्दा प्रशासनको पुर्ण स्विकृती अनिवार्य रुपमा लिएर मात्र गर्ने ,सामाजिक सदभावमा खलल पुर्याउने गतिविधिमा संलग्न तत्वहरुको पहिचान गरि हदैसम्म कानुन बमोजिम कारबाही गर्ने र दुबै समुदाय बिच धार्मिक सद्भाव जातीय सद्भाव ,साँस्कृतिक सद्भाव कायम गर्न सबैले आआफ्नो दायित्व निर्वाह गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

2 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले