+९७७ ९८17822777 | sarlahionline17@gmail.com

समाजसेवी दानविर साहको निधन प्रति राज्य मौन रहयो

2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, भाद्र १० गते । शिक्षा स्वास्थ्य लगयातमा विशेष योगदान दिनुभएका वरिष्ठ समाजसेवी रामचन्द्र साहको ९५ वर्षको उमेरमा भाद्र १ गते निधन भएको छ ।
जनकपुरधाममा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब), सरस्वती माध्यमिक विद्यालय, कन्या मा.वि. निर्माण, गंगासागर घाट,शिव मन्दिर, शिव धर्मशाला,मुजेलियामा माध्यमिक विद्यालय लगायतका सार्वजनिक संरचनाको निर्माण गरेर सामाजिक क्षेत्रमा विशिष्ट योगदान गर्ने दानवीर साह आफ्नै निवासमा वित्नु भएको हो ।
जनकपुरधामको शिक्षा र स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासका लागि जग्गा, जिन्सी र नगद गरि अर्बौँको सम्पत्ति दान गर्नुभएको हो ।
तर, राज्यले एकपल,एकछनको लागि पनि सम्झना गर्न सकेनन् । समाजसेवीहरुको लागि यो कतिको दुःखदायी कुरा हो । स्व. साह को निधनमा संघीय सरकारदेखि प्रादेशिक सरकारसम्म ले सम्झन नगरेर आफ्नो मांसिक दरिद्रता देखाएको सचेत नागरिकले आरोप लगाएका छन ।
कतिले सचेत नागरिकले तीन तहका सरकारले यहाँ नालयकतापन देखाएको आरोप लगाएका छन ।
रामसागर रामस्वरुप साह परिवारका ज्येष्ठ सदस्यको नाताले स्व. साह श्री धर्म संस्थाको सभापति रहनु भएको थियो । त्यो भन्दा अघि उनि उपसभाति रहनु भएको थियो ।
जनकपुरधाम उद्योग बाणिज्य संघले आफ्ना मानार्थ सदस्य स्व.साह को पार्थिव शरीरमाथि दोसाल्ला तथा संघको झण्डा ओढाई सम्मान गरिएको थियो । सो दोसाल्ला र झण्डा बाणिज्य संघका अध्यक्ष जितेन्द्र प्रसाद महासेठ लगायतले ओढाउनु भयो ।
स्व.साह को सम्मानमा जनकपुरधाम उप महानगरपालिका समेत चुकेको छ । जुन नगरपालिकामा चार चारवटा शिक्षालय स्थापना गर्नुभएको दानवीर स्व.साह प्रति सम्मान प्रकट नगर्नु जनकपुरधाम उपमहानगरको मान्सिक दरिद्रता रहेको सचेत नागरिकहरुले आरोप लगाएका छन ।
उनको निधन प्रति जनकपुरधाम उप महानगरपालिका प्रमुख मनोज कुमार साहले मात्र दुःख व्यक्त गर्दै श्रद्धांजलि अर्पण गरेका छन । उहाँ जनकपुरधामले एक जना दानवीर गुमाएको बताउनु भयो ।
स्व.साह को निधन प्रति यहाँका विभिन्न सामाजिक संघ संस्थाहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
साथै उनको अन्तिम यात्रा तथा संस्कारमामा झण्डै ६ सय जना सहभागि भएको पत्रकार अकुल साह ले जनाएका छन ।
स्व.रामस्वरुप साह, रामसागर साह ले वि.सं. २००१ सालमा १० हजार १ रुपैया नगद भारु र एक मन धानबाट श्री धर्मसंस्था स्थापना भएको थियो । जनकपुरधामको मिल्स एरिया स्थापित ट्रष्टको अध्यक्ष स्व. साह ४२ वर्ष अघि २०३८ सालमा हुनुभयो । उनि दुई परिवारमा जेठो भएको नाताबाट त्यस संस्थाको अध्यक्ष बनेका हुन । त्यसबाट स्व. साहले हालसम्म गर्नुभएको मुख्य योगदानहरु यस प्रकार छन् ः–


–जनकपुरधाम स्थित राराब क्याम्पसमा ७५ बिघा जग्गा दान र सुरुवाती सम्पुर्ण संरचना निर्माण
–सरस्वती उच्च माविको सम्पुर्ण जग्गा दान
–कन्या उच्च माविको सम्पुर्ण जग्गा दान
–मुजेलिया स्थित उच्च माविको जग्गा दान
–जनकपुरधामको शिवचौक स्थित शिव मन्दिर निर्माण
–गंगासागरघाट धर्मशाला निर्माण
–जटहीमा पुल र मन्दिर निर्माण
–मुजेलियामा धर्मशाला र मन्दिर निर्माण
–रत्नसागर मन्दिर निर्माण
–तुल्सी स्मारण निर्माण
–महिनाथपुरमा संस्कृत महाविद्यालय निर्माण
–धनुषाको कुशमाहा सतोषर स्थित मन्दिर निर्माण
–बेङ्गाडाबरमा साढे चार बिघा जग्गामा विद्यालय र शौचालय निर्माण
धनुषा क्षेत्रको कुशमाहा, गम्हरिया, पर्सा, बगरा सहितका ठाँउहरुमा अहिलेसम्म कुल ३ सय ४२ बिघा जग्गा दान गर्नुभएको छ ।
उनको निधन प्रति खोजबीन हार्दिक श्रद्धान्जलि अर्पण गर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

2 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले