+९७७ ९८17822777 | sarlahionline17@gmail.com

देवभुमि जनकपुरधाममा यज्ञको तयारी हुँदै

3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,माघ २३ गते । देव भुमि एवं जानकीको पवित्र भुमी जनकपुरधामको ऐतिहासिक स्थल रंगभुमी मैदानमा भव्य महायज्ञ आयोजन हुँदैछ ।
भगवान राम र माता सीताको स्वयम्बर स्थल रंगभुमिमा ९ दिनसम्म १०८ मण्डपमा श्रीसीताराम नाम जाप हुनेछन । त्यसमा १०८ पाठकहरु (रामायणीहरु) द्वारा श्रीरामचरित्रमानस पाठ हुने यज्ञ आयोजक संत जगतानन्द स्वामी (पगलाबाबा) ले बताउनु भयो ।
अगामी फाल्गुण २८ गतेबाट आरम्भ हुने उक्त महायज्ञ तयारी तिब्रगतीमा भईरहेको देखिन्छ । सो महायज्ञ चैत्र ६ गते सम्म हुने जनाएको छ ।
संत पगला बाबाले सो महायज्ञमा उपस्थितीको लागि देश बिदेशका श्रद्धालु तथा बिशिस्ट अतिथिहरूलाई आमन्त्रण गर्दैछन ।
उहाँले यज्ञ आयोजनको लागी छुट्टै कुनै बजेटको ब्यबस्था नभएर दान दातव्य र चन्दाबाट गरिने समेत बताउनु भयो ।
यज्ञलाई सफलता पुर्वक सम्पन्न गर्नको लागि पगलाबाबाद्वारा आयोजित बैठकबाट मुल समारोह कमिटी र विभिन्न उपकमिटी गठन भएको सो बैठकमा सहभागि श्रद्धालु कामेश्वर झा ले बताउनु भयो ।
महायज्ञको मुल आयोजक कमिटीमा जनकपुरधाम उपमहानगर पालिकाको पूर्व मेयर बजरंग प्रसाद साह लाई राखिएको छ ।
रंगभुमी मैदानमा आयोजन हुन लागेको महायज्ञमा सहयोग को लागि आयोजक पगला बाबा तथा कमिटी लगयातका परिवारहरु इच्छुक श्रद्धालु संग अनुरोध स्मरण रहोस् यही पगला बाबाको सक्रियतामा जनकपुरधामको ऐतिहासिक सरोबर महाराज सागर अर्थात दशरथ तलाउमा संचालित पगला बाबा धर्मशाला रहेका छन ।
सो धर्मशाला निर्माणमा यहाँका स्थानिय धर्मभिरुहरुको सहयोग रहेको थियो । अचेल पनि सो धर्मशाला सुव्यवस्थित रुपमा संचालन स्थानिय कमिटीबाट भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

2 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले