+९७७ ९८17822777 | sarlahionline17@gmail.com

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद जनकपुरधामका अध्यक्ष शितल साहले जानकी मन्दिरलाई ट्रष्टमा लग्ने

4 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, ५ भदौ । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुरधामका अध्यक्ष शितल साहले आफूले दुईवर्ष भित्र ऐतिहासिक तथा प्राचीन जानकी मन्दिरलाई ट्रष्टमा लग्नुपर्ने पत्रकार भेटघाटमा बताउनु भएको छ ।
मन्दिरको व्यवस्थापन फितलो रहेको, आम्दानीमा पारदर्शिता नभएको, मन्दिरका महन्थहरुले जथाभावी जग्गा बेच्ने गरेको, रकम हिनामिना गर्ने गरेकोले यसको संरक्षणको लागि मन्दिरलाई ट्रष्टमा लग्नुपर्ने आवश्यकता तथा स्थानीयहरुको माँग रहेको बताउनुभयो । जानकी मन्दिर भित्र रहेको विवाह मण्डपबाट वार्षिक २८ लाखमा ठेक्का वापत आउने गरेको र मुम्बई निवासी पवन चौधरीले वर्षेनी जानकी मन्दिरमा पूजापाठ तथा महोत्सवको बेला एक करोड ५० लाख रुपैया दान दिने गरेको, भारतीय तथा अन्य पर्यटकहरुले लाखौं रुपैया भेटी चढाउने गरेको सो रकमहरुको हरहिसाब नरहेको लगायतका वेतिथिहरु रहेकाले यसलाई टजानकी मन्दिरलाई ट्रष्टमा लग्नुपर्ने उहाँले बताउनु भएको छ ।
मन्दिरलाई ट्रष्टमा नलगेको खण्डमा बाँकी सम्पति पनि सखाप हुने चिन्ता व्यक्त गर्दै अध्यक्ष साहले मन्दिर ट्रष्टमा गएपछि आवश्यक परेको खण्डमा पुजारी समेत राख्ने बताउनुभयो ।
उहाँले जनकपुरधाम नगरभित्रको मठ मन्दिरहरुको नाउँमा ९ हजार ८ सय ४३ विघा १२ कट्टा २ धूर १० कन्मा जग्गा रहेकोमा जानकी मन्दिरको अधिनमा करीब ५ सय ९८ विघा १० कठ्ठा ४ धूर रहेको थियो ।
जुन अहिले दुई सय विघा जग्गा पनि देखिदैन । बाँकी रहेका जग्गाहरुलाई संरक्षण गर्नका लागि वृहत्तर प्रयास रहेको उहाँले बताउनुभयो । अध्यक्ष साहले आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउँदै यदि मैले जानकी मन्दिरलाई टूष्टमा लग्न सकिन्न नभने आफ्नो कार्यकालको दुईवर्षभित्र राजिनामा दिने स्मरण गराउनु भयो ।
जानकी मन्दिरलाई विश्वसम्पदा सूचिमा सूचिकृत गराउन छेउछाउमा रहेका होटलहरु तथा घरहरु मुआब्जा दिई हटाउने योजना रहेको र ती योजना अगाडि बढिसकेको उहाँले बताउनु भयो । जानकी मन्दिरलाई विश्वसम्पदा सूचिमा सृचिकृत गराउन १४ वटा प्रक्रिया रहेको मध्ये आफूले यसवर्षदेखि ४वटा प्रक्रिया अगाडि बढाई सकेको र सो बारेमा छिट्टे पत्रकार सम्मेलन गरी जानकारी गराउने उहाँले दावी गर्नुभयो ।
जनकपुरधाममा पर्यटकहरुलाई थप सुविधा उपलब्ध गराउन करीब साढे तीन विघा जग्गामा सुविधा सम्पन्न सात तल्ले धर्मशाला निर्माणका लागि प्रोपोजल समेत बनाई सकेको भन्दै अध्यक्ष साहले सो धर्मशामाला ६० रुपैयादेखि तीन सयसम्मको खाना र यात्रुको क्षमता अनुसार कोठा उपलब्ध गराउने योजना रहेको बताउनु भएको छ ।
उहाँले सो बाहेक धनुषाको धनुषाधाम र महोत्तरीको जलेश्वरमा समेत धर्मशाला निर्माण गरिने योजना रहेको बताउँदै तत्कालिन भारतीय राष्ट्रपति प्रणवमुखर्जीले घोषणा गरेको एकसय करोड रुपैया धर्मशालामा खर्चिनका लागि प्रपोजल एकहप्ता भित्रमा दिने र स्वीकृत हुने विश्वास समेत व्यक्तगर्नुृ भयो ।
जानकी मन्दिरको सन्दर्भमा उहाँले अहिलेको निर्माण भएको संरचनाको कारण कुरुप बन्दै गएको गुनासोलाई मध्यनजर गरी पुरातत्व विभागको अनुसार त्यसलाई भत्काएर पुरानै शैलीमा लैजाने संकेत गर्नुभयो ।
अध्यक्ष साहले सोको लागि जनकपुरधाम उपमहानगरपालिका र सरोकारवालाहरुसँग पटपकटक छलफल भई सकेको र अगामी दिनमा पनि सो विषयमा गम्भीर छलफल हुने जानकारी समेत गराउनुभयो । उहाँले तत्काल केही दिनभित्रमै लक्ष्मण मन्दिर वरिपरि रहेको संरचनाहरु भत्काई नयाँ संरचना निर्माण गर्ने समेत बताउनुभयो ।
वृहत्तर जनकपुर क्षेत्र विकास समितिका अध्यक्ष शितल साहले जानकी मन्दिरलाई ट्रष्टमा लग्ने जुन योजना बनाउनु भएको छ त्यसलाई जनकपुरवासीले स्वागत योग्य रहेको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

3 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले