+९७७ ९८17822777 | sarlahionline17@gmail.com

जनकपुरधाम उपमहानगरको बोर्डमा काग्रैसका ६ र एमालेका दुई सदस्य निर्वाचित

4 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,जेष्ठ २५ गते । जनकपुरधाम उपमहानगर पालिकाको कार्यपालिका सदस्य पदका शुक्रबार सम्पन्न निर्वाचनबाट दुई पुरुषबाहेक सबै पद नेपाली काँग्रेसले पाएको छ । बाँकी दुई पुरुषमा नेकपा एमालेले पाएको छ ।
पुरुष तर्फको खुल्ला पदमा दुई एमाले जितेको छ भने एक नेका ले जितेको छ । कांग्रेसका राकेश विक्रम साह ले सार्वधिक ६ मत ल्याएर विजयी भएको छ । एमालेका संतोष महतो ले ७ मत र दिपेन्द्र साह ले ६८ मत ल्याएर विजयी भएका छन ।
काँग्रेसका दुई र एमालेका एक उम्मेदवारगरी ३ जना पराजित भएका छन । पराजित हुनेहरुमा पंकज महतो ले ४९ मत,रामप्रवेश ठाकुर ले ३५ मत र जयशंकर गुप्ताले २९ मत मात्र ल्याउन सकेका छन ।
काँग्रेसबाट महिला कार्यसमिति सदस्यमा पदमा पाँच जना निर्वाचित भएकी छिन । निर्वाचित हुनेहरुमा शारदा पंत ले ६८ मत, मनीषा कुमारी देवी ६७ मत ,फूल कुमारी देवी ले ६२ मत ,शैल कुमारी चौधरी ले ६१ मत संजू देवी ले ६० मत ल्याई विजयी भएकी छिन ।


जनकपुरधाम उपमहानगरपालिकामा मेयर,उपमेयर,वडाध्यक्ष र सदस्यसमेत १२७ जना निर्वाचित भएका छन । कार्यापालिका बोर्डको लागि बाँकी रिक्त रहेको ८ जनाको निर्वाचन शुक्रबार सम्पन्न भएको छ ।
त्यस निर्वाचनमा नेपाली काँग्रेसको ६९,एमालेको ३६,जसपाको ३,लोसपाको १०,तमलोपाको १,माओवादी केन्द्रको १ र स्वतन्त्र ६ मतभार रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

3 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले