+९७७ ९८17822777 | sarlahionline17@gmail.com

भ्रष्टाचारीलाई जनकपुरधाममा स्थान छैन ः शिवशंकर साह हिरा महिला सशक्तिकरणका लागि विशेष प्याकेज ल्याइने ः रुना झा

4 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,वैशाख २५ गते । एमालेबाट जनकपुरधाम उप–महानगरको मेयर पदका उम्मेदवार शिवशंकर साह हिराले पालिकामा भ्रष्टाचारीलाई कुनै स्थान नरहेन बताएका छन् ।
वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनबाट मेयर पदमा निर्वाचित गराउनको लागि एमाले पार्टीबाट संचालन भईरहेको घरदैलो अभियान अन्तर्गत उहाँले भन्नुभयो ।
उहाँ सर्वसाधारण संगै भेंटघाट गर्दै भन्नुभयो, ‘जनकपुरधाम उपमहानगरको कार्यालयमा भएको विकास निर्माणको अनियमितताको कार्यलाई प्रश्रय नदिने र सो विकास निर्माणका फाईलहरुको अनुगमन गरि अनियमितता गर्नेलाई कारवाही चलाएर भ्रष्टाचारीलाई तह लगाउने छौं ।’
एमालेबाट मेयर पदमा उम्मेदावरी दिन्नुभएको हिरा साह ले जनकपुरधामको सर्वांगिन विकासका लागि सल्लाहकार समितिको सुझाव अनुसार काम गर्ने बताउनु भयो ।
मेयर पदका उम्मेदवार शिवशंकर साह हिरा संगै जनकपुकपुरधामका उपमेयर पदकी उम्मेदवार रुना झा संगै रहनु भएको थिईन । सो अवसरमा उनले एमाले पार्टी बाट मेयर पदका उम्मेदवार रहनु भएको शिवशंकर साह ले विज्ञहरुको टोली सहितको सल्लाहकार समिति बनाएर सर्वांगिन विकासका लागि काम गर्ने प्रतिवद्धता जनाईन ।
उपमेयर पदका उम्मेदवार रुणा झा ले बनाईन, ‘शिक्षा, स्वास्थ्य, कृषि, भौतिक संरचना निर्माण लगायतको विकासका कामहरुका लागि सबै क्षेत्रका विशेषज्ञहरुको समेटेर सल्लाहकार समिति गठन गर्छु, सो समितिकै सल्लाह अनुसार नै काम गर्ने छु ।’
उहाँ यस अघिका जनप्रतिनिधिहरु कामभन्दा कमिशन तथा भ्रष्टाचार गर्नमै लिप्त रहेकाले बजेट हुँदा हुँदै पनि विकास हुन नसकेको आरोप लगाईन ।
उनि हामी मेयर र उपमेयरमा निर्वाचित हुँदा जनकपुरधाम उप महानगरपालिका भित्रमा रहेको भ्रष्टाचारीको लागि कुनै ठाउँ रहन नदिने स्पष्ट पारिन ।
उनीे खेल क्षेत्रको विकासका लागि विभिन्न किसिमका योजना ल्याउनका लागि योजनावद्ध ढंगले यूवाहरुकै संलग्नतामा रचनात्मक कार्य गरिने बताईन ।
उपमेयर पदका उम्मेदवार झा ले युवाहरु कुलतको शिकार हुँदै गईरहेको समयमा खेलकुद क्षेत्रको विकासमाथि जोड दिँदै जनकपुरधाममै स्टेडियम निर्माण कार्यलाई प्राथमिकता दिने र यूवाहरुका लागि विशेष प्याकेजको व्यवस्था गर्ने बताइन् ।
उनी महिलाहरुका लागि दीर्घकालिन योजना बनाएर महिला सशक्तिकरणका अभियान नै संचालन गर्ने बताइन् ।
एमाले पार्टीबाट मेयर पदमा हिरा र उपमेयर पदमा रुना झाको साथै २५ वटै वडामा आफ्नो उम्मेदार जिताउनको लागि नगरमा मोटरसाइकल रैली गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

3 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले