+९७७ ९८17822777 | sarlahionline17@gmail.com

जनकपुरधाम निर्माणका लागि मेयर पदमा जानकीरामको उम्मेदवारी घोषणा

4 वर्ष पहिले प्रकाशित

निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, बैशाख २ गते । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जनप्रतिनिधिको रुपमा आफूलाई अघि सार्दै आफ्नो नाम घोषणा गर्न थालेका छन् । राजनीतिक तथा प्रशासनिक मुख्य केन्द्रविन्दु मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि औपचारिकरुपमा जनकपुरधाम वडा नम्बर ७ का वडाअध्यक्ष जानकीराम साहले बिहीबार आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
साहले भने,आम जनकपुरधामवासीको साथ, समर्थन र सहयोग प्राप्त भए आफूले आगामी पाँच वर्षमा आमूल परिवर्तन गर्ने गरेको साहले बताए ।
जनकपुरधाममा बिहीबार निर्वाचनका लागि एकैपटक पाँच ठाउँमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै साहले मेयर पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गर्दै समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको जानकारी गराए।
जनकपुरधाम मधेस प्रदेशको राजधानी भइसकेपनि यहाँको विकास र परिवर्तनले गति लिन नसक्नुमा नेतृत्वपंक्तिको ठूलो गल्ती रहको आरोप समेत लगाएका छन् ।
नयाँ जोश, नयाँ सोच, नयाँ परिवर्तन र नयाँ जनकपुरधाम निर्माणका लागि मेयर पदमा आफ्नो दावेदारी रहेको साहले बताए ।
विगत पाँच वर्षमा जनकपुरधामले खासै कुनै प्रगति गर्न नसकेको बताउँदै शिक्षा, स्वास्थ्य, भौतिक निर्माणलगायत अधिकांश क्षेत्रको अवस्था अझै पनि जर्जर रहेको बताए ।
साहले नयाँ जनकपुरधाम बनाउनका लागि युवाको नेतृत्व आवश्यक रहेकोले आफूलाई यसपालि सहयोग गर्न सबैसँग आग्रह समेत गरे ।
समग्र विकासका लागि सबभन्दा पहिले पवित्र मन, दृढ संकल्प, अर्जुन दृष्टि र व्यवहारमा कार्यान्वयन गर्न इच्छाशक्ति अत्यन्त आवश्यक रहेकोे जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

3 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले