+९७७ ९८17822777 | sarlahionline17@gmail.com

जनकपुरधामको मेयर पदका लागि प्रथम निर्दलिय उम्मेदवार बलराम महतो

4 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,चैत्र २७ गते । जनकपुरधामको मेयर पदका लागि प्रथम निर्दलिय उम्मेदवार बलराम महतो बन्नुभएको छ ।
स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उप–महानगरपालिकाको मेयर पदका लागि शनिवार पत्रकार सम्मेलन गरेर उहाँले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । रमण कन्स्ट्रक्सनका संचालक रहनु भएको बलराम महतो ले आफ्नो सम्पूर्ण कारोबार उत्तराधिकारीलाई सुम्पिदै आफु आफ्नो माटो पानीको सेवा गर्नको लागि स्वतन्त्र उम्मेदवारी दिन लागेको घोषणा उहाँले गर्नुभयो ।
उहाँले आफुलाई पार्टीहरुबाट अफर आएको बताउँदै तर, आफु पार्टीको नेता हैन स्थानीय विकासमा समर्पित जन सेवक बनन् चाहेको मेयर पदका लागी स्वतन्त्र उम्मेदवारी घोषणा गरेको छु थप्नुभयो ।
जनकपुरधामको समुचित विकासका लागि आफूले कन्स्ट्रक्सनको काम नयाँ पुस्तालाई हस्तान्तरण गरेर जनकपुरधामको मेयर पदकालागी स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताउँदै म(महतो)लाई मेयर पदमा चुनौ भने मुल नाराका साथ मिडिया मार्फत जनसमक्ष उपस्थित भएर अह्वान गर्दछु महतो ले थप्नुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै महत्तोले, कुनै पनि दलमा लागेपछि समाजसेवा गर्न सक्ने अवस्था नदेखेपछि आफूले स्वतन्त्रबाटै चुनाव लड्ने मनसाय बनाएको संचारकर्मी समक्ष बताउनु भयो ।
उहाँले अब आफ्नै नगरलाई सफा, सुन्दर र आकर्षक बनाउने अभिप्रायले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभयो ।
उनि यो भन्दा अघि शुक्रबार यहाँका प्रशिद्ध मन्दिरहरु मध्ये एक राजदेवी मन्दिर पुगेर माताबाट अर्शिवाद समेत प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

3 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले