+९७७ ९८17822777 | sarlahionline17@gmail.com

नागरिकता विहिनताको अवस्था मानव अधिकारको लागी ठुलो चुनौती ः मुख्यमन्त्री राउत

4 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, चैत्र २७ गते । मुख्यमन्त्री लालबाबु राउतले लाखौ युवाहरुको नागरिकता विहनताको अवस्था मानव अधिकार संरक्षणको क्षेत्रमा ठुलो चुनौतीको रुपमा अघि आएको बताउनु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको मानव अधिकार सम्बन्धि कार्ययोजना कार्यान्वय विषय छलफल कार्यक्रममा मुख्यमन्त्री राउतले जन्मसिद्ध नागरिकता प्राप्त लाखौ नागरिकका सन्तानहरु नागरिकता नपाएर समान्य मानवअधिकार बाट समेत बंचित हुनु राज्यको लागी ठुलो चुनौती रहेको बताउनु भयो ।
उहाँले भन्नु,‘ नागरिकता विहिनताको अवस्थाले उनिहरु समान्य मानवअधिकारबाट समेत बंचित भएकाछन । शिक्षा र स्वाथ्यमा समेत पहुँच पाउन सकेका छैन, यो भन्दा ठुलो चिन्ताको विषय अरु के हुन सक्छ ?’
संविधानद्वारा प्रदत मानवअधिकार बाट समेत नागरिक बंचित हुनुमा कानूनको कार्यान्वयन पक्ष कमजोर रहेको हुनाले कानून कार्यान्वयमा जोड दिनु अहिलेको प्रमुख दायित्व रहेको उहाँको कथन थियो ।
सदियौ देखी बहिस्करण र बंचितिकरणमा परेको समुदायहरुको मानव अधिकार संरक्षणको लागी प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश सरकारले निर्माण गरेको हरेक कानूनमा त्यसलाई सुनिश्चित गरेको दावी समेत गर्नु भयो ।
मधेशी, दलित, मुस्लिम, महिला लगायका सिमान्तकृत समुदायहरुको शिक्षा, स्वास्थ्य र आवास जस्ता आधारभूत आवश्यकताहरुको ग्यारेन्टी नभए सम्म मानवअधिकारको संरक्षण सम्भव नरहेको मुख्यमन्त्री राउतले उल्लेख गर्नु भयो ।
प्रधानमन्त्री कार्यालयका सचिव धनराज ज्ञवालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सरोकारबला निकायका प्रतिनिधिहरुले मानव अधिकारको अवस्था र अगामी दिनमा चाल्नुपर्ने कदम बारे आ–आफनो सुझाव दिएका थिए ।
मानव अधिकार संरक्षणका लागी विश्वव्यापी आवधिक पुनरावलोकन बाट प्राप्त २३३ वटा सुझाव मध्ये नेपालले १९६ वटा सुझाव कार्यान्वयन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

3 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले