+९७७ ९८17822777 | sarlahionline17@gmail.com

पत्रकार उमा सिंहको स्मृति दिवसमा जउमनपाद्वारा पांच लाख को अक्षय कोष स्थापना

5 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, पुस २७ गते । जन्म थलो सिरहा भी ए पनि कर्मथलो जनकपुर धाम लाई बनाएकी पत्रकार उमा सिंहको १२ औं स्मृति दिवस पारेर जनकपुरधाम उप–महानगरपालिकाले आज उहां को नाममा ५ लाख को अक्षय कोष घोषणा गरेको जनकपुरधाम उमनपा ले आज विहान आयोजना गरेको स्मृति सभामा सो अक्षय कोष सार्वजनिक गरिएको छ.
पत्रकार सिंह प्रति श्रद्धासुमन अर्पण गर्दै जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको प्रति दुःख व्यक्त ग र्नुभयो। उहांले पत्रकार सिंहको विभत्स हत्या हुनु जनकपुरधामको लागि दुर्भाग्यपूर्ण रहेको बताउनु भयो । बोल्नमा निडर, भयरहित पत्रकारको रुपमा चिनिएका पत्रकार सिंहको विभत्स तरिकाबाट हत्या गरिएको बताउंदै उहांले यो दुर्भाग्यपूर्ण हो थप्नुभयो। उहांको हत्या ले समाजलाई धेरै ठूलो नोक्सानी बेहोर्नु परेको भन्नु भयो ।
नगर प्रमुख साह ले गत वर्ष घोषणा गरिएको पाँच लाखको अक्षय कोष यस वर्ष देखि विधिवत रुपमा सञ्चालनमा आएको हो बताउंदै यस अक्षय कोष बाट आउने ब्याजवाट पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारहरुलाई पुरस्कृत गरिने बताउनु भयो ।
उहांले यदि कसैलाई यस अक्षय कोष मा रासी थप्नुभयो सकिने बताउंदै जनकपुर धाम उपमहाद्वीप नगर पालिका बाट आजदेखि एउटा नयाँ सृखलाको शुरुवात भएको बताउनुभयो।
सो अवसरमा जनकपुर धाम उमनपा का प्रशासकीय अधिकृत विनोद खडका लगायतका उपस्थिति रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

5 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले