+९७७ ९८17822777 | sarlahionline17@gmail.com

राजस्व अनुसन्धानको लापरबाहीका कारण सुरक्षाकर्मीको मनोबल खस्किदै

4 वर्ष पहिले प्रकाशित

रंजित चौरसिया, पर्सा,
पर्सा कार्तिक ८ गते । नेपाल र भारतको सीमा हुँदै अबैध तरिकाले नेपाल भित्रिने मालसमान सजिलै ट्रान्सपोर्टको माध्यमले मुलूकको विभिन्न स्थानमा पुग्ने गरेको छ । तस्करी नियन्त्रण गर्नको निम्ति खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीका मालसामान बोक्ने ट्रान्सपोर्टको गाडी पक्राउ गरेपनी राजस्व अनुसन्धान कार्यालय पथलैया र बिरगंज भन्सार कार्यालय बुझ्न नमान्दा तस्करीको मालसमान ओसार पोसारमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले सहयोग पुर्याउदै आएको रहस्य खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीबाट खटिएको प्रहरी टोलिले पटक पटक अबैध तरिकाले आयात भएको मालसमान बोकेको ट्रकलाई नियन्त्रणमा लिइ अवाश्यक कारवाहीको लागि भन्सार दाखिला गर्न खोजेपनी भन्सार बुझन नमान्दा झन थप समस्या उत्पन्न भएको प्रहरीले जनाएका छन । बिरगंजमा रहेको ट्रान्सपोर्टहरू सङ्ग सेटिङ्ग मिलेकै कारण सजिलै तरिकाबाट अबैध तरिकाले आयात भएको मालसमान काठमान्डुसम्म पुग्ने गरेको बताइन्छ । नेपाल सरकारले चेकजाचको निम्ति खटाइएको राजस्व अनुसन्धानका कर्मचारीको साथ साथै प्रमुखहरूले समेत मोटो रकमको नजराना बुझको बारे यस्तो घटनाले प्रमानित गरेको बारे दुइमत छैन ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख नरायण मैनालीको समेत यस्तो घटनामा सन्लगन्ता भएकै कारण तस्करीका मालसमान सजिलै मुलूकको विभिन्न ठाउहरूमा पुग्ने गरेको बताइन्छ । पटक पटक प्रहरीले पक्राउ गरि अनुसन्धानको लागि राजस्व कार्यालयमा बुझाउने र राजस्वले चेकजाच नै नगरी छोडने गरेको घटनाले यस्तो रहस्य खुलेको हो । नारायण मैनालीले आफ्नो पदिय मर्यादालाइ बिर्सेर तस्कर संगठनलाई सघाउने गरेको यस घटनाले प्रमानित समेत गरेको छ ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख समेत रहेका मैनालीका कारण बाध्य भइ प्रहरीहरू समेतमा भाग बन्डा हुने गरेको छ । तस्करीका मालसमान बोक्ने ट्रान्सपोर्टका संचालकहरूले पर्साको बिरगंजदेखि बाराको अमलेखगञ्जसम्म रहेका प्रहरी चौकिको साथ साथै राजस्व अनुसन्धानमा समेत मोटो रकमको नजराना बुझाउने गरेको एक जना ट्रान्सपोर्टका संचालकले बताएका छन । ट्रान्सपोर्टका गाडी पक्राउ हुदा राजस्व अनुसन्धानले पूरै समान खोलेर चेकजाच नै नगर्ने गरेको कारण सजिलै घुसको अखडा बारे प्रमानित भएको, उनले बताए ।
यस्तो गैर कानूनी प्रक्रियाले घुसको अखडा बनाएका कार्यालयहरू माथी गृह मन्त्रालयको समेत ध्यान नपुग्नुले प्रश्ण चिन्ह खडा भएको छ । तस्करीको लाइन खोल्न गृह मन्त्रालयबाटै आदेश भएको हुन सक्ने चर्चाको बिषय बनेको छ । तसर्थ ः यस्ता गतिविधिमा सहयोग गर्ने राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख नारायण मैनाली माथी गृहमन्त्री बाल कृष्ण खाडको ध्यान जान अति अवाश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

3 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले