+९७७ ९८17822777 | sarlahionline17@gmail.com

जनकपुरधाम–यदुकुहा शहिदमार्ग किनारमा वृक्षारोपन

5 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, आषाढ १८ गते । स्वच्छ मधेश समृद्ध प्रदेश उद्देश्यका साथ प्रदेश नंं २ को अस्थायी राजधानी जनकपुरधाम देखि ग्रामीण क्षेत्र शहिदनगर यदुकुहा सम्म जोड्ने जनकपुरधाम – यदुकुहा शहिदमार्ग सडकको किनारमा वृक्षारोपन गरेर अभियानको शुभारम्भ गरिएको छ ।
मानव सभ्यता र जिवित प्राणी का रक्षाका लागि पर्यावरण संरक्षण गर्न सामुहिक दायित्व आवश्यक रहेको सन्देश दिदै सडक किनारमा स्थानीय बासी को मा जनकपुरधाम उपमहानगरपालिका को कोल्डस्टोर स्थित यदुकुहा शहिदमार्ग सडकको किनारमा वृक्षारोपन कार्यक्रम को शुभारम्भ गरिएको थियो ।
वृक्षारोपन अभियानका अभियन्ताहरुले सडक किनारमा वृक्षारोपन गर्नाले वायु प्रदूषण नियन्त्रणका साथै सडक सुरक्षा र स्वच्छ वातावरणका लागि महत्वपूर्ण हुने कुरा बताएका छन् ।
पर्यावरण संरक्षण का लागि निरन्तर प्रयासरत वृक्ष मानव सुरेश शर्माले प्राण वायु अक्सिजन प्राप्तिका लागि वृक्ष रोपन र वृक्ष रक्षण कार्य अति आवश्यक रहेको जानकारी दिनुभयो ।
वृक्षको सुरक्षार्थ विदेशी आयती फलामको ट्री गार्ड महगो भएकोले स्थानीय उत्पादन बांस बाट तयार गरिएको वातावरण मैत्री ट्री गार्ड वृक्षा रोपन कार्यक्रम मा प्रयोग गरिएको छ ।
वन प्रदेश निर्देशनालयको सहयोग र वन प्राबिधिक समाज जनकपुरधामको संयोजनमा भएको वृक्षारोपन कार्यक्रममा म लगायत उधोग, पर्यटन, बन तथा वातावरण मन्त्रालय प्रदेश नं २ का प्रदेश सचिव डा राम चन्द्र कडेल,वन निर्देशक जगरनाथ जयसवाल, वृक्ष मानव, पर्यावरण योध्दा सुरेश शर्मा, जनकपुरधाम उधोग बाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, वन विज्ञ गणेश राय, प्राविधिक समाजका अध्यक्ष रामस्वार्थ साह, युवा अभियान्ता रन्जित चौधरी सहित स्थानीय बासीहरु ले सडक किनारमा वृक्षारोपन गरेका छन् ।
प्रथम चरणमा जनकपुरधाम – यदुकुहा शहिदमार्ग सडक खण्डको कोल्डस्टोर देखि पौडेश्वरको जलाद पुल सम्म ५ किमि दुरिमा दुबै किनारमा वृक्षारोपन गर्ने कार्यक्रम रहेको छ ।जय पर्यावरण, जय मानव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

4 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले