+९७७ ९८17822777 | sarlahionline17@gmail.com

कोभिड–१९ विरुद्धको स्वास्थ्य कार्यालय धनुषालाई प्लान इन्टरनेशनल नेपाल स्वास्थ्य सामग्री सहयोग

3 वर्ष पहिले प्रकाशित

सुबोध कुमार राउत
जनकपुरधाम, जेष्ठ २४ गते । कोभिड–१९ विरुद्धको लडाईमा स्वास्थ्य कार्यालय, धनुषालाई प्लान इन्टरनेशनल नेपालबाट करिब रु. ३,७१,०००।०० मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । आईतवार स्वास्थ्य कार्यालय, धनुषाको परिसरमा आयोजित कार्यक्रममा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति, धनुषाका सदस्य श्री अशोक कुमार कर्णको उपस्थितिमा प्लान इन्टरनेशनल नेपाल, पूर्व क्षेत्रीय कार्यालय, जनकपुरको तर्फबाट क्षेत्रीय प्रबन्धक श्री रवि शंकर पण्डितले स्वास्थ्य कार्यालय, धनुषाका निमित्त कार्यालय प्रमुख श्री युगल किशोर यादवलाई ती स्वास्थ्य तथा सरसफाई समाग्री हस्तान्तर गर्नु भयो ।
प्लान ईन्टरनेशनल नेपालले धनुषा जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएकाले स्वास्थ्य सामग्रीको अभाव हुन नदिन स्वास्थ्य कार्यालय, धनुषा मार्फत वितरण हुनेगरी ७० थान पिपई पूर्ण सेट, १०० थान ५०० एमएलको ह्याण्ड स्यानिटाईजर, ५००० थान सर्जिकल माक्स, ५००० थान सर्जिकल ग्लोब्स, ६५० थान केएन ९५ मास्क, ६० थान पल्स अक्सिमीटर लगायतको स्वास्थ्य सामग्रीहरु सहयोग गरेको जनाएको छ । यी सामाग्रीहरु धनुषा जिल्लाको विकट पालिकहरु कमला नगरपालिका, शहिदनगर नगरपालिका, जनकनन्दनी गाउँपालिका, विदेह नगरपालिका र सबैला नगरपालिकाको स्वास्थ्य संस्थाहरुलाई कोभिड(१९ प्रतिकार्यको लागि उपलब्ध गरार्ईने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

3 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले