+९७७ ९८17822777 | sarlahionline17@gmail.com

बजेट कार्यान्वयनको लागी इमान्दारिताका साथ काम गर्न मुख्यमन्त्री राउतको निर्देशन

5 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, चैत्र ३० गते । मुख्यमन्त्री लालबाबु राउतले बजेट कार्यान्वयनको लागी कर्मचारीहरुलाई इमान्दारितका साथ काम गर्न निर्देशन दिनु भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले आज जनकपुरधाममा आयोजना गरेको दोस्रो चौमासिक समिक्षा तथा अगामी आ.व.को पूर्व बजेट सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले सो निर्देशन दिनु भएको हो ।
छलफलको क्रममा विभिन्न मन्त्रालयका सचिवहरुले दक्ष जनशक्तिको आभावका कारण बजेट कार्यान्वयनमा समस्या भई रहेको भन्दै गरेको गुनासोको जवावमा मुख्यमन्त्री राउतले प्रदेशमा रहेका कर्मचारीहरुको क्षमताको अधिकत्तम उपयोग गर्नु पर्नेमा जोड दिनु भयो ।
आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा मुख्यमन्त्री राउतले सरकारले ल्याउने नीति तथा कार्यक्रम र प्रदेश सरकारको आवधिक योजनामा केन्द्रित भएर बजेट ल्याउन समेत निर्देशन दिनु भएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, समाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग , पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, आर्थिक मामिला तथा योजना राज्य मन्त्री उषा यादव, कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव गोकर्ण मणि दुवाडी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा सहितले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरुले मन्त्रालयको दोस्रो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

4 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले