रामेछाप नगरपालिकामा खानेपानी ट्याङकी वितरण गर्ने अभियान
1 महीना पहिले प्रकाशित

रामेछाप । विगत दुई दशक देखि खडेरीको चपेटामा परेको दक्षिणी रामेछापमा जनप्रतिनिधिहरुले पानी संकलनका लागि नागरिकहरुलाई खानेपानीको ट्याङ्की वितरण गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरेका छन् ।
रामेछाप नगरपालिका वडा नम्बर ६ ओख्रेनीमा पछिल्लो पटक मंगलबार नागरिकलाई ट्यांङ्की वितरण गरीएको छ । नगर प्रमुख लबश्री न्यौपानेले ओख्रेनीका १ सय ६० परिवारलाई ५ सय लिटर क्षमताका प्याष्टिक ट्याङ्की वितरण गरेका छन् । ओख्रेनीमा गत बर्ष वडा कार्यालयले ३ सय ४० परिवारलाई ट्याङ्की वितरण गरेको थियो । वडा अध्यक्ष राजेश तामाङका अनुसार अझै ओख्रेनीका ४ सय ४५ परिवारलाई ट्याङ्की वितरण गर्ने कार्यक्रम रहेको छ ।
सुख्खा क्षेत्रमा रहेका नागरिकहरुले बर्षायाममा परेको आकाशे पानी संकलन, करेशावारी सिंचाई र पानीको संकलनका लागि स्थानीय सरकारले दिएको निशूल्क ट्याङ्की प्रयोग गर्दै आएका छन् । रामेछाप नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष समिर कार्कीले रामेछाप नगरपालिकामा ट्याङ्की वितरणको अभियान थालेका थिए । कार्कीका अनुसार सुकाजोरका कुल ९ सय २७ परिवार मध्ये बसाई हिडेका र वसोवास छोडेका बाहेक ८ सय ५५ परिवारलाई निशूल्क खानेपानी ट्याङ्की वितरण गरिसकिएको छ । वडा नम्बर ४ हिमगंगा र वडा नम्बर ८ रामेछापमा समेत उक्त अभियान संचालन हुदै आएको छ ।
वडा कार्यालयले खानेपानीको ट्ङ्याकी उपलव्ध गराएपछि खानेपानीको सास्ती वेहोर्दै आएका नागरिकहरुले पालो वसेर घरमा ओसारेको पानी संकलन गर्न सहज भएको र ठुला चाडपर्वमा पानीको उपयोगमा सघाएको सुकाजोरका रामवहादुर कार्कीले वताएका छन् । कार्कीका अनुसार स्थानीय सरकारले गरेको उक्त सहयोगले गाउँमा रहेका असक्तले समेत छिमेकीको सहयोगमा पानी संकलन गरेर केहि दिन सम्म उपयोग गर्न सहज भएको छ ।
वडा कार्यालयहरुले नगरपालिकाको बार्षिक कार्यक्रम अन्तरगत नागरिकहरुलाई उक्त ट्याङ्की वितरण गर्दै आएका छन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले