ठोसे फलाम खानी , अघील्लो पुस्ताको चिनो मात्र
2 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप – ठोसेमा पनि फलाम खानी थियो र ? धेरैैले त्यस्तै आश्चर्य मानेर सोध्ने गर्छन । तर सत्य त्यहि हो । उत्तरी रामेछापको ठोसेमा फलाम खानी थियो त्यो पनि नेपालको दोश्रो ठुलो परिणाममा फलाम निकाल्न सकिने क्षमताको ।
फुलचोकी पछिको दोश्रो ठुलो फलामखानी रहेको ठोसेमा फलामको धाउ निकाल्ने थुप्रै खानी थिए । खानीबाट निकालेको धाउ प्रशोधन गर्ने मेसिन थिए अनि प्रशोधित फलामबाट सामाग्री निर्माण गर्ने उद्योग समेत थियो ।
अहिले ति कथा जस्तै भएका छन । त्यतिवेला धाउ निकाल्न खानीमा पस्नका लागि वनाइएका प्वाल ( सुरुंङ्ग) पुरिदै गएका छन । फलाम निर्माण गर्ने मेसिनका टुक्राहरुका कताकति अवशेष बांकी छन । ठोसेकै फलाम पिटेर स्थानीय मजदुरले कयौं पुल वनाएका थिए । कतिपयले पुलमा प्रयोग भएका सामान लगेर कोदालो वनाए, फालि पिटे । निकाल्न सकिने जति सवै निकालेर लगे । चुचुरेको सिवालय, ठोसे, खिम्तीखोलाको रस्नालु, दोलखाका विभिन्न स्थानमा ठोसेको फलाम प्रयोग गरेर वनाइएका झोलुंगे पुलले आवागमन सहज वनाएका थिए । आधुनिक पुल बनेपछि ति ओझेलमा परे । तर ठोसे र सिवालयमा अझै फमाले सांङ्लोको लठ्ठा ईतिहास वनेर रहेकै छन् ।
शारदा मावि ठोसेका पूर्व प्रअ भगबान कार्कीले तत्कालिन अवस्थामा फलाम कारखानामा प्रयोग भएका मेसिन औजारका अवषेशलाई संग्रह गर्ने सोच अघी सारेका थिए । बजारमा यत्रतत्र छरिएका विभिन्न मेसिनका पार्टपुर्जालाई संगालेर कार्कीले एकै थलोमा राखेका छन । ‘त्यो ठोसेको पहिचान दिलाउने चिज हो’ कार्की भन्छन – स्थानीय सरकारले संरक्षण गर्नुपर्छ । कार्की ठोसेका थिएनन । तर ठोसेको फलाम खानीको पहिचानका लागि उनले धेरै काम गरेर हिडेका छन् ।
ठोसे फलाम खानी पुनःसंचालनको मुद्धा पञ्चायतकालदेखि हरेक चुनावमा उठिरहेको छ । ‘पञ्यायत, वहुदल, लोकतन्त्र र गणतन्त्रका प्राय सवै चुनावका नारा यहि ठोसेको फलामखानी हुन्थ्यो ’ स्थानीय भुबनवहादुर कार्की भन्छन् – पञ्यायत पछिका यतिका बर्ष सम्म पनि चुनावी मुद्धा फलाम खानी हुदै आएको छ । चुनावमा तातो मसला हुने फलाम खानी चुनाव सकिने वित्तिकै फेरी सेलाउछ । अहिले ठोसे फलाम खानी सेलाएको छ । चर्चा छैन । ‘कहिले कांहि फेरी संचालन हुने रे भन्ने खवर सुन्छु ’ गाउंकै वयोवृद्ध कार्की भन्छन् – तर फेरी सुनसान हुन्छ ।
कार्कीका अनुसार राणा प्रधानमन्त्री जुद्धशम्शेर पालासम्म ठोसेमा फलाम कारखाना संचालनमा थियो । ठोसेको म्याक्चेनमा रहेको उक्त उद्योगमा दैनिक १२ बोर बन्दुक वनाएर दिनको १२ बजे परिक्षणका लागि पड्काईन्थ्यो । परिक्षण सफल भएका बन्दुक भरियालाई बोकाएर राणा सरकारलाई वुझाउन काठमाण्डौं पठाईन्थ्यो । ठोसेमा बनेको बन्दुक नेपाल र भोटको युद्धमा प्रयोग भएको कार्की वताउछन ।
साविक ठोसे गाविसका दर्जन भन्दा बढी स्थानमा फलामका खानी छन । दांगरदिंगर, सिंगटी, टगम , आरुबोटे, लाप्चानेडाडां लगाएतका खानीमा ठुलो परिमाणमा फलामको धाउ पाईने स्थानीयको दावि छ । ठोसेको पानीमा फलामको धाउ वग्ने गर्छ । धाउकै कारण ठोसेमा पानी र जमिन भएपछि धान खेति हुदैन । धाँउ जमेर धानमा गांज आउन नदिने भएकाले ठोेसेमा धान लगाउने चलन छैन ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले