कार्यसम्पादनमा रामेछाप जिल्ला प्रशासन मुलुककै दोश्रो
2 महीना पहिले प्रकाशित

रामेछाप । आर्थिक बर्ष २०८१।८२ को दोेश्रो चौमासिकमा उत्कृष्ट कार्य सम्पादन गर्दै रामेछाप जिल्ला प्रशासन कार्यालय मुलुकभरका जिल्ला प्रशासन कार्यालयहरुमा दोश्रो स्थान ओगटन सफल भएको छ ।
गृह मन्त्रालय संग प्रमुख जिल्ला अधिकारीहरुले गरेको कार्यसम्पादन संझौताको आधारमा गरिने मूल्यांकनमा रामेछापले मुलुकका अरु जिल्ला प्रशासन कार्यालयहरु पछि पार्दै दोश्रो भएको हो । रामेछापले २० पूर्णाङ्कमा १९ दशमलव ३७५ अंक ल्याएको थियो । रामेछाप सगैं तेह्रथुम, कास्की र स्याङ्जा जिल्लाले समेत दोश्रो स्थान ओटेका छन् । ति जिल्लाको समेत समान प्राप्ताङ्क १९ दशमलव ३७५ रहेको छ ।
मन्त्रालयले गरेको मूल्याङ्कनमा ईलाम, पश्चिम रुकुम र पाल्पा जिल्लाले उत्कृष्ट अंक ल्याएर प्रथम स्थान ओगटेका छन् । उक्त तीनै जिल्लाको समान अंक १९ दशमलव ५ रहेको छ । कार्यसम्पादन मूल्याङ्कनमा पर्वत , बाग्लुङ र मनाङ जिल्लाले तेश्रो स्थान प्राप्त गरेका छन् । ति जिल्लाहरुले १९ दशमलव २५ अंक प्राप्त गरेका छन् ।
रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने नागरिकले छिटो सेवा प्राप्त गरेका र कार्यालयले सम्पादन गर्नुपर्ने अन्य धेरै विषयहरुमा समेतमा देखिएका कार्यकुशलताका कारण जिल्लाले दोश्रो स्थान ओगटन सफल भएको जनाएका छन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले