+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

शिक्षक संघको जिल्ला प्रतिनिधिसभा सम्पन्न

2 महीना पहिले प्रकाशित

रामेछाप । नेपाल शिक्षक संघ रामेछापको २५ औं जिल्ला प्रतिनिधिसभा शनिबार मन्थलीमा सम्पन्न भएको छ । उर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ ( कान्छाराम ं) ले उक्त परिषदको उद्घाटन गरेका थिए ।


नेपाल शिक्षक संघ रामेछापका अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राज्यमन्त्री तामाङ, पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्की, नेपाली काँग्रेस रामेछापका उप सभापति लेखवहादुर कार्की, युवा नेताहरु कृष्णवहादुर महत, रत्नवहादुर कार्की, रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की, लक्ष्मणकुमार घिमिरे र नबराज घिमिरे लगाएतले नेपालको राजनीतिक र शैक्षिक सुधारका लागि नेपाल शिक्षक संघले खेलेको भूमिका माथि प्रकाश पार्नुको साथै शिक्षकका अधिकार सगैं शैक्षिक गुणस्तर वृद्धि गरी सभ्य समाज निर्माणमा शिक्षकहरुले अझ क्रियाशिल भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा जिल्लामा शिक्षा क्षेत्रमा लामो समय सम्म योगदान गरी सेवा निबृत भएका शिक्षक संघका पूर्व जिल्ला अध्यक्षहरु रामचन्द्र खड्का, लक्ष्मणकुमार घिमिरे र नबराज घिमिरेलाई दोसल्ला र सम्मान पत्र द्धारा सम्मानीत गरीएको थियो । उनीहरुलाई राज्यमन्त्री तामाङले सम्मान गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

1 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

1 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

1 महीना पहिले