+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

पर्यटकिय नगरी जिरीमा भ्रमण बर्ष २०२५ को आयोजना

2 महीना पहिले प्रकाशित

दोलखा । दोलखाको पर्यटकिय नगरी जिरीमा ‘जिरी भ्रमण वर्ष २०२५’ आयोजना हुने भएको छ । जिरी नगरपालिकाको अगुवाईमा हुने उक्त भ्रमण बर्षको फागुन ३ गते शुभारम्भ हुने जनाइएको छ ।

सन् २०२५ भर विभिन्न कार्यक्रमको आयोजना गरी जिरी भ्रमण वर्षमा आन्तरिक तथा बाह्य गरी करिव ५० हजार पर्यटकहरु जिरीमा भित्र्याउने लक्ष्य नगरपालिकाले लिएको छ । भ्रमण बर्ष अवधिमा पर्यटकहरुबाट करिव २५ करोड बराबरको आर्थिक क्रियाकलाप गर्ने लक्ष्य समेत नगरपालिकाले राखेको छ ।


जिरी भ्रमण बर्षका लागि विभिन्न सरोकारवालाहरु सहितको समेत सुझाव संकलनगरी जिरी भ्रमण वर्षका लागि थुप्रै तयारीहरु गरिरहेको नगरप्रमुख मित्र बहादुर जिरेलले वताएका छन् । जिरीका पर्यटकीय स्थलहरुको बारेमा समेटिएको प्रचारात्मक भिडियो, ब्रोसर र पर्यटन गन्तव्य सूचना बोर्ड तयार गरी प्रदर्शनी गरीने जिरेलले वताए । भ्रमण वर्षमा काठमाडौं उपत्यका लगायत तराईका जिल्लाहरुमा समेत पुगेर प्रचारप्रसार गरिने बताइएको छ ।


हिमाली काखमा रहेको सुन्दर नगरी जिरीमा भ्रमण बर्ष अवधिमा आईपुग्ने पर्यटकहरुलाई लक्षितगरी होटल तथा लजहरुमा दररेटको प्याकेज निर्धारण गर्नुका साथै यात्रा सहजताको लागि स्थानीय यातायात व्यवसायीहरुसँग यात्रा रुट र भाडादर निर्धारण गरिने भएको छ । नगरपालिकाभित्र रहेका विभिन्न पर्यटकीय स्थलहरुको सरसफाई र मर्मत सम्भारको काम भैरहेको छ । भ्रमण वर्षकै अवसरमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड पनि यो बर्ष जिरीमा आयोजना हुदैछ ।

 

जिरीलाई पहिलो पटक विश्वसामु चिनाउने भौगोलिक अध्येता तथा लेखक स्वर्गीय टोनी हेगन हुन् । जिरी भ्रमण वर्षमा उनकी छोरीसहितका केही बाह्य पर्यटकहरु पनि आउने छन् । कार्यक्रममा जिरी र स्वीजरल्याण्ड समिक्षा सहितको फोटो प्रदर्शनी फागुन १० र ११ गते आयोजना गर्ने कार्यक्रम जिरी नगरपालिकाले बनाएको छ । दाेलखाकाे जिरी र स्विट्जरल्याण्डकाे जुरिच सहर लाई भाैगाेलिक रुपमा दाँज्ने गरिन्छ ।  जिरी म्यानिया (बुलेट मोटरसाइकल र्यालीसहित सांस्कृतिक कार्यक्रम) चैत १५ देखि सुरु भई १७ गते सम्पन्न हुनेछन् । यस्तै, कृषि मेला, खेलकुद सप्ताह, गुरास मेला, ढुङगेश्वरी मेला, हनुमन्ते मेला, स्ट्रिट फुड फेष्टिवल लगायतको आयोजना हुनेछ ।

 

पर्यटकहरुको भ्रमणलाई सहज बनाउन होटल व्यवसायीहरुलाई तालिम, पर्यटकको लागि गाइडको प्रबन्ध मिलाइनुका साथै पर्यटक सूचना केन्द्रको स्थापना, जिरी बजार आसपासमा सांस्कृतिक कला केन्द्रको स्थापना गरी नियमित सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने व्यवस्था मिलाउने नगरको योजना छ ।

 

नगरपालिकाले पर्यटकीय नगरी जिरीमा बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको बैठक समेत प्रस्ताव गरेको छ । सुस्ताउँदै गएको जिरीलाई फेरी एक पटक पर्यटकीय नगरीको रुपमा देश र विदेशमा परिचय र पहिचान दिलाउने उद्धेश्यले जिरी भ्रमण बर्ष आयोजना गर्न लागिएको जिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले वताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

1 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

1 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

1 महीना पहिले