+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

शैलुङमा पुग्नेलाई खाना वस्नकै समस्या

3 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप – दुई दिन अघी शैलुङमा हिउँ फुस्फुसायो । खोलाखर्क देखि माथिका डाडाँ सेताम्मे भए । वरिपरीका बासिन्दा हिउँ खेल्न शैलुङमा उकालिन आतुर भए । तर समस्या थियो , शैलुङ क्षेत्रमा राम्रो खाना र बासको ।
        पश्चिमी रामेछापको प्रमुख पर्यटकिय गन्तव्य शैलुङमा पर्यटक पूर्वाधारको अभाव हुदाँ उक्त स्थानमा मनोरञ्जनका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटक तथा सर्वसाधारणले उचित खानपिन र वास वस्नका लागि समस्या झेल्नु पर्छ । दोरम्बामा बास वसेर शैलुङ पुग्दा सूर्य धेरै आकाशिई सकेका हुन्छन् । माथि बसौं उचित प्रवन्ध हुदैन् ।
शैलुङको बेस क्याम्प खोलाखर्कमा केहि चिया पसल बाहेक आफुले चाहेको खानेकुरा खान र कोठा भाडामा लिएर सुत्ने ठाउँ धेरै पाईदैन् । चिया पसलमा पाईने चाउचाउ, चिउरा खाएर धेरै फर्कन्छन् । शैलुङ पुग्नेहरु थोरैलाई मात्र बास र गाँसको उचित प्रवन्ध हुन्छ ।
        ‘शैलुङ जति सु्न्दर छ, त्यहाँ पुग्नेले खान र वस्नका लागि राम्रो सुृविधा भए अझ राम्रो हुन्थ्यो’ शैलुङ पुगेर फर्कदै गरेका काठमाण्डौंका सुन्दर थापाले भने – भोक भोकै फर्कनु दुखद कुरा भयो । शैलुङबाट झरेकाले दोरम्बामा पुगेपछि मात्र माग बमोजिमको खाने कुरा पाउछन् । शैलुङबाट दोरम्बा झण्डै डेढ घण्टा टाढा दक्षिणमा पर्छ ।
शैलुङ क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सरकारले करोडौं खर्चेको छ । डाडाँमा भ्यू टावर, बौद्द छ्योर्तेन, व्यवस्थित पदमार्ग, प्रतिक्षालय लगाएतका पूर्वाधार निर्माण गरिएका छन् । केन्द्रीय सरकार देखि स्थानीय सरकार सम्मले शैलुङको विकासका लागि गर्ने खर्च हरेक बर्ष जस्तो वढाईरहेका छन् ।
        ‘हामीले यो बर्ष पनि वजेट विनीयोजन गरेका थियौंैं’ दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले भने– तर वडा कार्यालयको विरोधका कारण भवन निर्माणमा अवरोध भयो । उनका अनुसार योजना निर्माण गर्न बजेट दिने कुरामा कमि हुदैन । जहाँ सम्म शैलुङ पुग्ने पर्यटकले खानवस्न सुविधा नपाएको कुरा छ, त्यसलाई हामीले पनि गम्भिर रुपमा लिएका छौं – मोक्तानले भने । पालिकाले शैलुङ आउने पर्यटकलाई असुविधा नहोस भनेर भवन निर्माणको योजना अघी सारेको थियो । अहिले उक्त योजना विलायो ।
        शैलुङका लागि प्रदेश द्धारको रुपमा रहेको खोला खर्कमा गाडि पार्किङ गर्ने स्थानमा करिव ५–७ वटा छाप्रा रहेका छन् । तिनै छाप्रामा कालो चिया, चाउचाउ, चिउरा, सुकुटी लगाएत खान पाईन्छ । तर उक्त छाप्रामा वस्ने उचित स्थान समेत छैन् । वस्नका लागि निर्माण भएका एकादुई घर पनि ऐलानी जग्गामा निर्माण भएकाले कहिले भत्किने हुन टुंगो छैन् । खोलाखर्क नापी नभएको जग्गा भएकाले कसैको पनि स्वामित्व छैन् । पालिकाले समेत सार्वजनिक जग्गाको भोगाधिकार कसैलाई दिएको छ्रैन् । जति वसेका छन् ति व्यवस्थित समेत छ्रैनन् ।
        खोलाखर्कमा रहेका चिया पसल रहेको जग्गा सार्वजनिक हो । सार्वजनिक जग्गामा निर्माण भएका ति संरचना हटाउनु पर्ने चुनौति गाउँपालिकालाई छ । हामी पुराना संरचना नहटाई पर्यटक लक्षित नयाँ सुविधा सम्पन्न पूर्वाधार निर्माण गर्ने सोचमा छौं मोक्तानले भने – तर सरकारी र बन क्षेत्र भएकाले नितीगत रुपमा समस्या समाधान गर्नुपर्ने छ । हामीले असुविधाको बारेमा प्रयाप्त छलफल गरेका छौं र अनुभुति पनि गरेका छौं मोक्तानले भने – छिट्टै निर्णय गरेर सुधार गर्छौं ।
        पश्चिमी रामेछापमा पर्ने शैलुङ ३ हजार १ सय ४७ मिटरको उचाईमा छ । हिमाली दृयावलोकन, चौरी, भेडा र घोडाको बथानका साथमा रंगिचङ्गी गुराँस र फुलहरुले ढकमक्क हुने शैलुङमा पुग्नेले कृतिम रुपमा निर्माण गरेकाझै लाग्ने पिरामिढ शैलीका थुम्काहरुमा रमाउने हरेक बर्ष बढेका छन् । हिमा हिउँमा खेल्न शैलुङ पुग्नेहरु महिनौ सम्म भुल्ने गरेका छन् । शैलुङमा स्वदेशी देखि विदेशी पर्यटक आउने शेर्पाले वताए । हिउँ परेको बेला, नयाँबर्ष , दशैं जस्ता चाडबाडमा शैलुङ घुम्ने धेरै संख्यामा सर्वसधारणको भिड लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

1 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

1 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

1 महीना पहिले