+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

रामेछापमा हर्षोल्लासपूर्वक ल्होसार मनाईयो

2 महीना पहिले प्रकाशित


रामेछाप । तामाङहरुको उल्लेख्य बसोवास रहेको रामेछापमा विहिबार मञ्जुश्री संवत २८६१ (ढुल ल्हो ) को अवसरमा सोनाम ल्होछार पर्व हर्षोल्लास पूर्वक मनाइएको छ । रामेछापका विभिन्न स्थानमा बेल्ला बेग्लै कार्यक्रमको आयोजना गरी तामाङ समूदायका अगुवाहरुले नयाँ बर्षको स्वागत गरे । कार्यक्रममा शुभकामना आदान प्रदान गर्दै विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरीएका छन् ।


जिल्ला सदरमुकाममा तामाङ भेषभुषा लगाएर नगर परिक्रमा पश्चात जिल्ला समन्वय समितिको चौरमा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम गरीएको थियो । कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ तथा तामाङ समुदायका अगुवाहरुले नयाँ बर्षको शुभकामना दिएका थिए । कार्यक्रम नेपाल तामाङ घेदुङका अध्यक्ष लिला तामाङको अध्यक्षतामा भएको थियो ।


त्यसैगरी रामेछाप नगरपालिका ५ रामपुरमा तामाङ समाजले आयोजना गरेको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूूर्व गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठ र संविधानसभा सदस्य तारा नारायण श्रेष्ठ लगाएतले ल्होसारको शुभकामना दिएका थिए । तामाङहरुको बाहुल्य रहेको पच्चिमी रामेछापको दोरम्बा शैलुङ र सुनपाति गाउँपालिकामा समेत ल्होसारको अवसरमा विविध कार्यक्रम संचालन भएको जनाईको छ ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

1 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

1 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

1 महीना पहिले