तामाकोशीमा रोमाञ्चकारी ¥याफ्टिङ यात्रा
2 महीना पहिले प्रकाशित

रामेछाप । पश्चिम तिर ढल्केको घामको छाँया तामाकोशीको निलो पानीमा टल्केको बेला बिहिबार अपरान्ह तामाकोशीमा रातो रङको ¥याफ्टिङमा रातै सुरक्षाकवच लगाएर एक दर्जन जलयात्रीहरुले झण्डै एक घण्टा रोमाञ्चक यात्रा गरे ।
मन्थली नगरपालिका ११ को पन्थली र लिखु तामाकोशी गाउँपालिका ७ को तिल्पुङ हलेदेको विच तामाकोशी नदीबाट हेलिएका उनीहरु एकैछिनमा यात्राभरकै रोमाञ्चकारी क्षणमा पुगे । हलेदे भन्दा केहि तल तामाकोशीको पानी सानो चेपबाट निकै ओरालिएर वग्छ । त्यहि ठाउँमा पुगेपछि ¥याफ्टिङ उफ्रियो र यात्रामा रहेका सवैलाई पानीले निथ्रुक्क भिजायो । माघको चिसोमा ¥याफ्टिङ माथिका यात्रु भिजे पनि त्यस क्षणको रोमाञ्चकारी यात्रालाई निरन्तरतानै दिए ।
केहि स्थानमा जमेको पानीमा ¥याफ्टिङ तैरियो । यात्रुहरुले एक अर्कालाई पानी छेप्दै रमाईलो गरे । चालकले सुस्तरी अघी बढाएको ¥याफ्टिङ कठजोरखोला दोभान, बान्द्रे, सोती, करमबोट, डुम्रे र आकाशे पुगेर अडियो । विच विचमा कतै निकै चाँडो, कतै सुस्तरी र कतै ढुङ्गा छल्दै अघी बढेको ¥याफ्टिङमा रहेका यात्रुहरुले मोवाईलबाट फोटो र भिडियो कैद गरेर यात्रालाई थप रोमाञ्चित बनाए । ‘यात्रा साँच्चै रोमाञ्चकारी भयो ’ ¥याफ्टिङमा दोश्रो पटक यात्रा गरेका विमल पौडेलले भने – साहसिक उक्त यात्रालाई सम्बन्धित निकायले निरन्तरता दिनुपर्छ । जलयात्रामा सहभागि केहि पहिलो पटक ¥याफ्टिङ चढदै थिए । सुरुमा केहि डर भएपनि यात्रा अवधि रमाईलो र विर्सन नसकिने भएको यात्रुहरुले वताए ।
रामेछाप उद्योग वाणिज्य संघले आयोजना गरेको रामेछाप कृषि पर्यटन मेला प्रदर्शनी २०८१ को अवसरमा व्यवसायीहरुले उक्त ¥याफ्टिङ संचालन गरेका हुन् । व्यवसायी सुमन खड्काका अनुसार गत बर्ष पनि ¥याफ्टिङ संचालन भएको थियो । मेला महोत्सवको बेलामा केहि दिन मात्र उक्त व्यवसाय संचालन गर्नु भन्दा स्थानीय सरकारले तामाकोशीमा जलयात्रा संचालन गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले