+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

रामेछापमा अनलाईन सिफारीसका आधारमा नागिरकता

3 महीना पहिले प्रकाशित

रामेछाप । रामेछापका स्थानीय निकायले अनलाइन प्रणाली मार्फत नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस गर्न थालेका छन् । आईतबार देखि उक्त सेवा सुरु भएको हो ।

      नागरिकताको अभिलेख व्यवस्थापनलाई थप चुस्त व्यवस्थापन र प्रविधिमैत्री बनाउने उद्देश्यले नागरिकता प्रमाणपत्रको लागि अनलाईन सिफारिस सुरु गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले वताएका छन् ।

       मन्थली नगरपालिका–८ चिसापानीका अध्यक्ष गोपाल श्रेष्ठले जिल्लामा पहिलो पटक अनलाईन प्रणालीबाट अनुसुची सिफारीस गरी नागरिकता जारी गर्न जिल्ला प्रशासन कार्यालयमा पठाएका थिए । सोहि सिफारिसका आधारमा मन्थली ८ का विवेक खत्रीले रामेछापको पहिलो नागरिकता पाएका हुन् । उनलाई प्रमुख जिल्ला अधिकारी पौडेलले नागरिकता प्रमाणपत्र उपलव्ध गराएका थिए ।
       गृह मन्त्रालयबाट नागरिकता सूचना व्यवस्थापन प्रणालीको एक्सटरनल मोड्युल प्रयोग गरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र जारी गर्न स्थानीय तह अन्तर्गतका वडाहरूबाट अनलाइन सिफारिस गर्ने व्यवस्था कार्यान्वयनको क्रममा चिसापानीबाट सो कार्यको सुरुवात गरिएको र अन्य वडाहरूबाट उक्त प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने कार्य थालनी हुने प्रजिअ पौडेलले वताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

1 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

1 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

1 महीना पहिले