ठुलो परिमाणमा विद्युतिय चुरोट बरामद
3 महीना पहिले प्रकाशित

काठमाडौँ —राजस्व छलेर नेपाल भित्र्याइएका ठुलो परिणाममा विद्युतीय चुरोट (भेप) राजस्व अनुसन्धान विभाग र प्रहरीको संयुक्त प्रयासमा बरामद गरेको छ । स्रोतका अनुसार दुई साताभित्र करिब १ लाख २० हजार थान भेप बरामद भएको छ ।
चीनबाट मुख्यतयाः रसुवागढी र तातोपानी नाकाबाट भेप आयात हुँदै आएको थियो । तर यस पटक भने मुस्ताङको कोरला नाकाको पनि प्रयोग भएको छ । राजस्व तिरेर भेप आयात गर्न पाउने कानुनी व्यवस्था भएपनि चोरी पैठारी रोकिएको छैन ।
भन्सार छलेर लुकाइछिपाई भेप नेपाल भित्र्याउने गरेको सूचनाका आधारमा विभागले ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोलको एक गोदामबाट मात्र एक साताअघि ८६ हजार थान भेप बरामद गरेको छ । पछिल्लो पटक राजस्व अनुसन्धान विभाग र मातहतका कार्यालय तथा प्रहरीको निगरानीबाट मुस्ताङबाट ९५ कार्टुनमा १९ हजार थान भेप बरामद भएको छ । पथलैयाबाट १५ हजार र बुटवलबाट ४ हजार थान भेप बरामद गरिएको विभागले जनाएको छ ।
पुस १९ गते मुस्ताङको कोरोला नाकामा बरामद गरेर ल्याइएको भेप प्रहरीले राजस्व अनुसन्धानलाई बुझाएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार गाडीमा राखेर घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्रको चेकपोस्ट नजिकैबाट गाडीलाई नियन्त्रणमा लिएको थियो । मुस्ताङ प्रहरीले गाडीसहित चालकलाई राजस्व अनुसन्धानमा बुझाएको थियो ।
राजश्व अनुसन्धान विभागले कोरालाबाट ल्याएको गाडीमा भेटिएको भेपको अनुसन्धान गर्ने क्रममा प्राप्त हुन आएका थप सूचनाका आधारमा इमाडोलको गोदाममा छापा मारेको थियो । उक्त गोदामबाट विभागले ठूलो परिमाणमा भेप बरामद गरेको हो । राजस्वले हाल बरामद गरेको भेपको बजारमा मूल्य मात्रै २५ करोड रुपैयाँभन्दा बढी हुन्छ । बरामद भएका भेप विभिन्न ’फ्लेभर’को रहेको छ ।
एउटा भेपको बजार मूल्य १५ सय देखि २५ हजार रुपैयाँसम्म पर्ने विभागले जनाएको छ । एउटा भेपको धूवाँ बढीमा ३० हजार सर्को तान्न मिल्ने जनाइएको छ । भेप खपतका हिसावले ठूलो बजार भारत हो । भारत लैजाने क्रममा दक्षिणी नाकाको आसपासबाट अधिकांश भेप बरामद हुने गरेको छ । विभागका एक अधिकारीका अनुसार अनुसन्धानका क्रममा इमाडोलबाट दुई र मुस्ताङबाट एक जना पक्राउ परेका छन् । थप व्यक्तिको खोजी भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले