कृष्णलाल लाेकमार्ग नामाकरण
3 महीना पहिले प्रकाशित

रामेछाप । मकैको खेति नामक ऐतिहासिक कृतिका लेखक साहित्यकार स्वर्गीय कृष्णलाल अधिकारीको स्मृतिमा रामेछापको मन्थलीबाट कठजोर हुदै धोवि पुग्ने सडकलाई ‘कृष्णलाल लोकमार्ग ’ नामाकरण गरीएको छ ।
शुक्रबार सम्पन्न मन्थली नगरपालिकाको १६ औं नगर अधिवेशनले नगर प्रमुख लब श्रेष्ठद्धारा प्रश्तुत सडकको कृष्णलाल लोकमार्ग नामाकरण गर्ने प्रश्ताव लाई स्वीकृत गरेको हो । साहित्यीक क्षेत्रका व्यक्तिको नाममा सडकको नामकरण गरिएको रामेछाप जिल्लामा यो पहिलो पटक हो । जिल्लाका अन्य सडकहरु स्थान विशेषका नामले चिनिएका छन् ।
सुव्वा कृष्णलाल अधिकारी सन् १८८८ सालमा मन्थली नगरपालिकाको २ मा पर्ने साविक कठजोरमा जन्मीएका थिए । राणा शासनकालमा मिरसुव्वाको जागिर खादै गर्दा उनले मकैको खेति नामक पुस्तक प्रकाशन गरे । जुन पुस्तक किसानलाई मकै खेति गर्नका लागि सहयोगी थियो । उक्त पुस्तकमा मकैको खेतिका बारेमा विस्तृत जानकारी दिइएको थियो । पुस्तकमा मकैमा लाग्ने रोग किराको समेत व्याख्या गर्ने क्रममा उनले एक हरफमा लेखेका थिए – मकैमा राता टाउके र काला टाउके कमिला लाग्छन् । काला टाउके भन्दा पनि राता टाउकेले धेरै दुख्ख दिन्छ ।
सगैं प्रतिस्पर्धामा रहेका कर्मचारीले तत्कालिन राणा प्रधानमन्त्री चन्द्र शमसेरलाई मकैको खेतिमा लेखिएका काला टाउके भनेको राणाका भाई भाईदार र राता छाउके भनेको प्रधानमन्त्री स्वयंं लाई नै भनेको हो भनेर अर्थ लगाई कृष्णलाललाई जेल हाल्न उक्साएका थिए । सोहि आरोपमा अधिकारीलाई चन्द्रसमशेरले ९ बर्ष कैद सुनाए र जेल हाले । नेल र हतकडि सहित कठोर यातना दिई जेल भित्र राखिएका अधिकारीलाई प्रकाशित सबै पुस्तक बुझाएमा ३ बर्ष कैद मिनाहा गर्ने भनिएको थियो । १ हजार प्रति प्रकाशित गरीएको उक्त पुस्तकका ९ सय ९९ प्रति भेटिए र ति सवै जलाईए । १ प्रति भेटिएन । त्यसैले कैद सजाय समेत कम भएन । जेलको कठोर यातनाका विच अधिकारीलाई क्षयरोग लाग्यो । त्यहि रोगले थलिएर अधिकारीको सन् १९२३ मा जेलभित्रनै मृत्यू भयो । बाँकी रहेको एक प्रति पुस्तक भेटिएन । तर पुस्तकको पाण्डुलिपी उनका आफन्तसगं सुरक्षित रहेको सुईको पाएपछि स्वर्गीय जगदीश घिमिरले झण्डै १३ बर्ष अघी त्यसलाई पुनप्रकाशनमा ल्याएका थिए । अहिले अधिकारीको उक्त कृति बजारमा समेत उपलव्ध छ ।
साहित्यिक शहिद स्वर्गीय अधिकारीका नाममा तीन दशक अघी साविक कठजोर गाविसमा स्थापना भएको गैरसरकारी संस्था सुब्बा कृष्णलाल अधिकारी सेवा समितिले शिक्षा, स्वास्थ्य, खानेपानी लगाएत सामाजिक कार्य गरेको थियो । मन्थली नगरपालिकाले गत बर्ष अधिकारीको जन्मथलो कठजोरमा स्वर्गीय अधिकारीको शालिक निर्माण गर्नुका साथै पार्क निर्माण गरेको थियो ।
स्थानीय बासिन्दाले नगरपालिकाले साहित्यीक क्षेत्रका व्यक्तिको स्मृतिमा सडकको नामाकरण गर्ने कार्यको प्रसंशा गरेका छन् । साविक मन्थली गाविसका पूर्व अध्यक्ष ध्रुवकुमार कार्कीले भुतेखोला कठजोर धोवि सडकको नाम कृष्णलाल मार्ग वनाउने निर्णयको स्वागत गरेका छन् ।
करिव २० किलोमिटर लामो उक्त सडक यस अघी प्रदेश सरकार र मन्थली नगरपालिकाको लगानीमा सुधार विस्तार हुदै आएको छ । हाल उक्त सडक वडा नम्बर २ को वडा कार्यालय नजिक सम्म कालोपत्रे सम्पन्न भइसकेको छ । यो बर्ष थप कालोपत्रे गर्ने योजना समेत अघी बढेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले