मन्थली नगरपालिकाको १६ औं अधिवेशन शुरु
3 महीना पहिले प्रकाशित

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको नगरसभाको १६ औं अधिवेशन मन्थलीमा सुरु भएको छ । नगरप्रमुख लब श्रेष्ठले उक्त अधिवेशनको उद्घाटन गरेका छन् ।
कार्यक्रममा नगरप्रमुख श्रेष्ठले मन्थली नगरपालिकामा चालु आर्थिक बर्षको हाल सम्म नगरपालिकामा संचालन भएका विकास निर्माण , सेवा र अन्य गतिविधिका विषयमा प्रकार पार्दै त्यस कार्यमा भएको वित्तिय प्रगतिका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा नगरसभाकमा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत देबर्षि सापकोटाले नगरसभामा प्रश्तुत हुने कार्यसूचि प्रश्तुत गरेका थिए ।
अधिवेशनमा विनीयोजन ऐन, आर्थिक ऐन संशोधनको प्रश्ताव गरीएको छ भने मन्थली नगर अस्पताल व्यवस्थापन र संचालन विधेयक र मन्थली नगरपालिकाको कर तथा गैर कर विधेयक प्रश्तुत गरुीएको छ । अधिवेशमा मन्थली –भुतेखोला– टेकनपुर–कठजोर–धोवि सडकलाई मकै पर्वमा लेखक सुव्वा कृष्णलाल अधिकारीको नामाबाट कृष्णलाल लोकमार्ग नामकरण गर्नका लागि विशेष प्रश्ताव पेश भएको छ ।
कार्यक्रममा रामेछापका विभिन्न वडा कार्यालय, स्वास्थ्य चौकी र शहरी स्वास्थ्य चौकीका लागि जग्गा दान दिने जग्गादाताहरुलाई नगर अधिवेशनका क्रममा सम्मान गरीएको थियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले