+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

पदयात्रामा लोभिदै काठमाडौंका रैथाने

3 महीना पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
काठमाण्डौं । उमेरले ५० कटेका अनिल लेकाली शनिबार काठामाडौं देखि ३० किलोमिटर पूर्वको पर्यटकिय क्षेत्र धुलिखेल देखि भक्तपुरको नगरकोट पुग्न उकालिदै थिए । ६४ जनाको लावासस्कर पदयात्री हरु सगैं नयाँ बाटोबाट उकालिदा लेकालीलाई एउटा बेग्दै अनुभुति भइरहेको थियो ।
       पुसको चिसो मौसम । घाम त्यति चर्किएका थिएनन् । उच्च पहाडि क्षेत्रको पदमार्गको छेउ छेउमा रहेका सल्लाका बोटमा हावा ठोक्कीदाको आनन्द बेग्लै थियो । त्यसमाथि उत्तरी हिमश्रृंखला तिर आँखा ठोक्किदा र पाँचखाल तिर कुहिरोले छोपेको दृष्य हेर्दा आनन्दको बयान गरी साध्यै थिएन ।
       शनिबार घरायसी कामलाई छोडेर पदयात्रामा किस्कीएका लेकालीलाई कुनै हतारो थिएन । चौतारामा होस या रुखको फेदमा सुस्ताउदा उनले नयाँ नयाँ साथि सगं परिचय गर्न पाए । यात्राको रमाईलोका बारेमा चर्चा गर्दै गर्दा उनी नेपालका अन्य भूभागमा आफनै पनि पुगेको जस्तो महसुस गर्दै थिए । साथमा रहेका साथिभाईले घरबाटै बनाएर ल्याएका परिकार चाख्दै र आफुले ल्याएको परिकार अरुलाई चखाउदै गर्दा घाम पश्चिम तिरबाट पहिलिदै हिमालमा ठोकिए । हिडाई अनि थकाईको महशुस हुनै नपाई नगरकोट पुगेका लेकाली बेलुका गाडीमा काठमाण्डौं झरे ।
       यात्रामा सहभागि विभिन्न क्षेत्रमा काम गर्ने नयाँ साथिहरुको भेटघाट, अनुभव आदान प्रदान र हाँसो ठट्यौलीले झण्डै ८ घण्टाको यात्रामा थकाईको महसुसनै हुन नपाएको लेकालीले वताए । यात्राका क्रममा कोहि एकदमै नयाँ थिए, भने कोहि धेरै पटक पदयात्रा गरीसकेका अनुभवि थिए ।
       २०७२ सालको विनासकारी भूकम्पपछि बाह्य जगतमा नेपाल ध्वस्त भएको सन्देश गयो । भूकम्पले पर्यटन क्षेत्रमा पनि नकरात्मक असर पारिदियो । नेपाल ध्वस्त भएको सन्देश बाहिर जादा विदेशीहरुले भ्रमण भटाभट रद्ध गरे । ठिक यसै बेलामा काठमाण्डौं उपत्यकालाई बेस बनाएर गणेश शर्माले हाईक फर नेपाल नाम दिएर आन्तरिक पदयात्राको सुरुवात गरे । यसले राम्रो सन्देश गयो, नेपाल ध्वस्त भएको छैन् है भनेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सन्देश पुगोस भनेर सुरु गरेको पदयात्राले राम्रै उपलव्धि भएको अनुभव शर्माको छ । सुरुको उद्धेश्य पुरा भएपनि पदयात्राको अभियान भने अभै रोकिएको छैन् बरु थपिदो छ ।
    हाईक फर नेपालले महिनामा २ पटक पदयात्रा गराउछ । पर्य पर्यटनका लागि नाम चलेका काठमाण्डौं आसपासका ५० वटा विभिन्न रुटहरुमा पालै पालो पदयात्री लिएर महिनामा २ पटक पुग्ने शर्मा यसबाट आन्तरिक पर्यटन प्रबद्र्धन गर्न, पर्यटकिय क्षेत्रको बारेमा जानकारी लिन, नयाँ नयाँ साथि बनाउन र पारस्परिक सहयोग आदान प्रदान गराउनका लागि धेरै ठुलो उपलव्धि मिलेको अनुभव सुनाउछन् ।
       ‘पदयात्रामा जानेलाई घरबाटै खाना बनाएर ल्याउनका लागि हामी आग्रह गर्छौै’ शर्माले भने – एकले बनाएर ल्याएको खाना अर्को संग मिलेर खाने गर्दा सामाजिक बन्नका लागि ठुलो काम गर्छ भनेरनै त्यसो गरीएको हो । बाटोको विचमा पाईने जंक फुडलाई पदयात्रीले स्वीकार नगरुन भन्ने पनि अर्काे उद्धेश्य हो ।
पदयात्रामै भेट भएकाहरु चिनजान पछि आफै अर्को पदयात्रा तय गर्छन् । त्यसपछि जिवन भरकै साथि हुन्छन् । एक अर्कालाई सहयोग गर्छन् । त्यो अवसर हाईक फर नेपालले जुटाईदिएकोमा शर्मा बेलाबेलामा दंग हुन्छन् । यात्रामा जाने अधिकांश काठमाण्डौंका रैथाने हुन्छन् । बाहिरको अवस्थाको बारेमा धेरै जानकारी नहुनेहरु पदयात्रामा निस्केपछि फेरी फेरी पनि पदयात्रामा जानका लागि लोभिन्छन् ।
       हाईक फर नेपाललले २०७२ पछि अहिले सम्म काठमाण्डौं आसपासका विभिन्न स्थानमा २ सय ४४ वटा पदयात्रा गराईसकेको छ । एउटा पदयात्राका लागि प्रति व्यक्ती ८ सय शूल्क लाग्छ । पदयात्रा सुरु गर्ने स्थान सम्म पुग्न र फर्कनका लागि गाडि व्यवस्थापन र त्यस कार्यमा खटने कर्मचारीका लागि उक्त खर्चले पुगनपुग हुन्छ । अन्य खर्च थप लाग्दैन् । पदयात्रामा पहिलो पटक जानेले भने टिसर्टका लागि अरु ५ सय थप्नुपर्छ ।
       शर्माका अनुसार लामो पदयात्रामा पनि गराईने गरीएको छ । अन्नपूर्ण र एभरेष्ट बेस क्याम्पमा समेत पदयात्रा गराएर हिउँ र हिमाल संग परिचय गराउन मात्र हैन, हिमाली सहनसहन, बसोवास र भेषभुषालाई समेत नजिकबाट चिनाइएको छ ।
       पदयात्रा स्वास्थ्य संग जोडिएको मात्र विषय हैन् । यसले विभिन्न क्षेत्रलाई जोडेर हेर्न सकिन्छ । शर्मा भन्छन् – धेरैले नेपाल चिनेकै छैनन्, पदयात्रा गर्ने क्रममा चिन्ने अवसर पाउछन् । त्यसका लागि ठुलो र सानो समूह वनाएर छोटो अवधि देखि लामो अवधि सम्मका पदयात्रा तय गर्न सकिन्छ ।
        आउदो शनिबार संस्थाले सिन्धुपाल्चोक जिल्लाको आमायाङग्री पुग्ने पदमार्ग पहिल्याएको छ । पदयात्रा पहिल्याउने काम संस्थाले गर्छ, अनि त्यसमा जानका लागि पदयात्री जुटाउने हो । पदयात्री हुन कुनै उमेर समूह तोकिएको छैन् । ७ देखि ८ घण्टा दैनिक हिड्न सक्ने हुनुप¥यो । तिनै हिड्न सक्ने युवाहरु देखि पौढहरु सम्मका यात्रीहरुलाई पहाडि पदमार्गहरु, उकालो , ओरालो र जंगल तिरको बाटोमा डो¥याइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

1 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

1 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

1 महीना पहिले