च्याँउकेठाँटी – गाईटार– भालुखोप सडक विवादमा
3 महीना पहिले प्रकाशित

रामेछाप । मन्थली नगरपालिका ४ सालुको च्याँउकेढाँटीबाट रामेछाप नगरपालिकाको भालुखोप तर्फ जाने सडक रामेछाप नगरपालिकाको क्षेत्रमा मात्र निर्माण गर्ने गरी सघन शहरी तिथा भवन निर्माण आयोजना रामेछापले ठेक्का आव्हान भएपछि सालुका बासिन्दा आन्दोलित भएका छन् ।
कार्यक्रम र बजेट बमोजिम तोकिएको स्थानबाटनै सडक निर्माण गर्नुपर्नेमा मन्थली ४ सालुका बासिन्दाको माग रहेको छ । शहरी विकास मन्त्रालयले चालु आर्थिक बर्ष २०८१।८२ को कार्यक्रममा उक्त सडक निर्माणका लागि १ करोड रुपैयाँ विनीयोजन गरेको थियो ।
बिनियोजित बजेटको अधिनमा सडक निर्माण गर्नका लागि रामेछाप नगरपालिका वडा नम्बर ६ मा ओख्रेनी क्षेत्रमा मात्र काम गर्ने गरी आव्हान भएको उक्त ठेक्का पुनरावलोकनका लागि सालुका बासिन्दाले आयोजनामा बिहिबार निवेदन गरेका छन् । निवदेन गर्नेमा मन्थली नगरपालिकाकी उप प्रमुख ईश्वरी वस्नेत समेत रहेकी छिन् ।
सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका ईन्जिनियर शिवराम महर्जनका अनुसार कार्यक्रममा च्याउँकेठाँटी गाईटार भालुखोप सडक उल्लेख भएकाले उक्त क्षेत्र भित्रनै काम हुने वताउछन् । कार्यक्रमले लामो सडक समेटेको तर उक्त बजेटले सबै क्षेत्रमा एकै पटक काम गर्न नपुग्ने भन्दै यो बर्ष ओख्रेनी क्षेत्रमा काम गर्ने गरी ठेक्का आव्हान भएको महर्जनले वताए । रामेछाप नगरपालिकाका जनप्रतिनिधिहरुको सिफारीसका आधारमा उक्त योजनामा गर्नु पर्ने कामको नाप जाँच गरीएको उनले वताए ।
तर मन्थली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजन घिमिरेले कार्यक्रमको नाम बमोजिम सडकको प्रश्थान विन्दु अर्थात च्याँकेठाँटीबाटनै निर्माण कार्य हुनुपर्नेमा जोड दिए । कार्यक्रमले समेटने मन्थली र रामेछाप नगरपालिकाका सम्बन्धित वडाअध्यक्षहरुलाई राखेर पूर्व सहमति गरेर मात्र योजनामा काहाँ के काम गर्ने भन्ने कुराको निक्र्यौल गर्नुपर्नेमा कार्यालयले कुनै जानकारीनै नदिई ठेक्का आव्हान गरेको भन्दै घिमिरेले रोष प्रकट गरे । उनले उक्त ठेक्का रद्ध गरेर अर्को ठेक्का आव्हान गर्न आग्रह गरेका छन् ।
साविक जिल्ला विकास समितिले कृषि सडक कार्यक्रम अन्तरगत सालुको च्याँउकेठाँटी देखि भालुखोप सम्मको सडकको निर्माण गरेको थियो । उक्त सडकमा नाला, टेवा पर्खाल निर्माण गर्नुका साथै साँघुरो सडकलाई चौडा गर्ने र केहि अन्य पूर्वाधारको काम यो बर्ष हुन लागेको हो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले