इन्द्र पूजा समितिका तेश्रो सधाराण सभा
7 महीना पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,भाद्र १८ गते । मिल्सएरिया स्थितका युवा व्यावसायीहरुद्वारा झण्डै ६ दशकदेखि आयोजना हुँदै आएको इन्द्र पूजा समतिले अब पूजामा मात्र सिमित नरहेर सामाजिक विसंगती तथा विकृतिहरुको विरुद्धमा सामाजिक कार्यक्रमहरु पनि संचालन गर्ने भएको छ ।
इन्द्र पूजा समितले पहिला पहिला धुमधाम संग पूजा मनाउने र टेन्टका सामग्री भाडामा लगाउने गर्दथ्यो । अचेल टेन्टको व्यावसाय गाउँ गाउँमा तथा टोल महाल्लामा आरम्भ भई सकेको ले समितिको टेन्ट व्यावसाय बन्द भएको छ ।
झण्डै ६ दशक पुरानो संस्थालाई अगाडी बढाउनको लागि नै २०७८ सालमा विधिवत जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता भएको थियो । सो तीन वर्षको आय व्यय भाद्र १८ गते आयोजित साधारण सभामा प्रस्तुत भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका नगर प्रमुख मनोज साह को प्रमुख आतिथ्यमा आयोजित तेश्रो साधारण सभा उद्घाटन तथा सम्मान कार्यक्रममा समितिका संस्थापक पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई दोसाल्ला ओढाएर सम्मान गरिएको छ ।
इन्द्र पूजा सेवा समितिको निवर्तमान अध्यक्ष किशोरी साह को अध्यक्षतामा आयोजना गरिएको समारोहमा सल्लाहकार बरिष्ठ पत्रकार मनोज साह क्रान्तिकारी इन्द्र पूजा सेवा समिति २०२३ सालदेखि निरंतर पूजा महोत्व आयोजा गर्दै आएको जानकारी गराउनु हुँदै स्वागत मन्तव्य राख्नु भयो ।
समितिका सदस्य महादेव साह ले तीन वर्षको आय व्यय प्रस्तुत गर्नुभयो । वर्ष २०८०–०८१ आयव्यय ७ लाख ९८ हजार २ सय १ रुपियाको प्रस्तुत गरियो । त्यस समारोहमा २०७८–०७९ र २०७९–०० को आय व्यय समेत प्रस्तुत गरियोे ।
सो समारोह दाताहरुले दिनुभएको चन्दा लिष्टलाई प्रमुख अतिथी मेयर साह ले अनावरण गर्नुभयो । त्यस्तै श्री हुनमानजीको ध्वजारोपण गरियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले