गोविन्द पूजनोत्सवको भव्य तयारी
8 महीना पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,भाद्र १ गते । जनकपुरधाम उपमहानगरपालिका–२३ बेला गाउँ स्थित दुधमती नदीको तटमा अवस्थित श्री गणिनाथ महाराजको अवतरण दिवस र श्री गोविन्द भगवानको प्रकाट्य दिवस भव्य रुपमा मनाउने तयारी भईरहेको छ ।
श्री कृष्ण जन्माष्टमी पछिको पहिलो शनिवारका दिन शिव शंकर भोले कैलाशवासी महादेव जी को दुत श्री गणिनाथ महाराज अवतरण हुनुभएको थियो ।
त्यस्तै दिव्य महापुरुष एवं महर्षि श्री गणिनाथ जी महाराजको पुत्ररत्न रुपमा श्री कृष्ण भगवानको अर्को रुप श्री गोविन्द भगवान सोही दिन प्रकाट्य हुनुभएको ईतिहास वेत्ताहरु बताउने गरेका हुन ।
सो अवसरमा श्री गोविन्द सेवा समिति बेला ले अन्य वर्ष झैं यसवर्ष पनि पुजनोत्सव मनाउने तयारी गरिरहेको जनाएको छ ।
गोविन्द सेवा समितिका अध्यक्ष राघवेन्द्र साह का अनुसर भाद्र १४ गते अष्ठयाम,१५ गते बिहान कलश यात्रा र त्यसपछि पुजनोत्सव कार्यक्रम हुनेछ ।
पुजनोत्सवलाई सफता पुर्वक सम्पन्न गराउनको लागि गोविन्द पूजा मुल समारोह समिति गठन गरिएको छ । त्यस अन्तर्गत प्रचार प्रसार समिति, कलश यात्रा समिति,भोजन व्यवस्थापन लगायतका समितिहरु गठन गरिएको जनाएको छ ।
कलश यात्रा बेलादेखि जनकपुरधाम स्थितको ऐतिहासिक सरोवर गंगासागरबाट जल ल्याउने कार्यक्रम रहेको छ । गोविन्द मन्दिरबाट निस्कने कल यात्रा बेला गाउँको परिक्रमा गर्दै रामजानकी दुल्हा बस पार्क, जिरोमाईल,बष्ठि चौक,बजरंग चौक,रामनन्द चौक, रंगभुमि हुँदै जानकी चौक,जनक चौक,शिव चौक हुँदै गंगासागरबाट जल भर्ने जनाएको छ ।
त्यसपछि जनकपुरधाम स्थितको गोविन्द मन्दिर हुँदै रामचौक,महावीर चौक,तप्सी चौक, जिरोमाईल भएर पुनः गोविन्द मन्दिर पुग्ने कार्यक्रम रहेको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले