जनकपुरधाममा शहीद कप अन्तर प्रदेश स्तरीय क्रिकेट
11 महीना पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,वैशाख २४ गते । मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा विहिवार देखि शहीद कप अन्तरप्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिता २०८१ शुरु भएको छ ।
शहीद कप क्रिकेट कमिटीको संयोजन तथा नेपाल क्रिकेट सङ्घको सहयोगमा यहाँ निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा प्रतियोगिता शुरु भएको छ ।
सो प्रतियोगिताको उद्घाटन गर्दै मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहले मधेश प्रदेश सरकारले शहीदहरुको सम्मानका लागि प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो ।
उहाँले क्रिकेट खेलको विकासका लागि जनकपुरधाममा शुरु भएको शहीद कपले ठूलो मद्दत पुग्ने बताउनु भयो ।
मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गर्नु भएका धनुषाका नितु यादव, दिलीप यादव तथा संजय चौधरीका परिवारलाई दोसल्ला ओढाएर मन्त्री साहले सम्मान गर्नु भयो ।
प्रतिनिधि सभाका सदस्य मनिष झाले जनकपुरधामको रामजानकी बहुउद्देश्यीय रंगशालाको निर्माणका लागि संघीय खेलकुद मन्त्रालयले आगामी वर्षमा बजेट विनियोजन गर्न लागेको बताउँदै शहीद कपका लागि बजेट खेलकुद परिषद्ले व्यवस्थापन गर्ने बताउनु भयो ।
सो प्रतियोगितामा आयोजक जनकपुरसहित आठ टिमको सहभागिता रहेको छ ।
प्रदेश सरकारले शहीदहरुको सम्मानका लागि चौथो पटक शुरु भएको शहीद कप वैशाख २० गते देखि शुरु भएको छ । र यो वैशाख २८ गतेसम्म चल्ने शहीद कप क्रिकेट कमिटीका अध्यक्ष रुपेश सिंहले बताउनु भयो ।
सो उदघाटन सत्रमा जनकपुरधाम उप महानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले रामजानकी रंगशालाको निर्माण संघ सरकारले नै गर्नुपर्ने बिचार राख्दै यसमा स्थानीय तथा प्रदेश सरकारले सहयोग गर्ने बताउनु भयो ।
शहीद कप क्रिकेट कमिटीका अध्यक्ष रुपेश सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा कमिटीका सल्लाहकार कृष्णा सिंह सहितका वक्ताहरूले शुभकामना मन्तव्य राख्नु भयोे ।
प्रतियोगितामा विजयी हुने टिमलाई २ लाख ११ हजार नगद, कप, मेडल, प्रमाणपत्र र उपविजेता टिमलाई १ लाख ११ हजार नगद, कप, मेडल, प्रमाणपत्र प्रदान गरिने छ ।
उद्घाटन खेल कोशी तथा मधेश प्रदेशका बीचमा जारी रहेको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले