+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

जानकी मन्दिरको जगमोहनमा रेलिंग लगाउँदा सर्वत्र विरोध

12 महीना पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,वैशाख २४ गते । देव भुमि जनकपुरधामको मुटु जानकी मन्दिर स्थित जगमोहनमा रेलिंग लगाउँदा सर्वत्र विरोध भईरहेको छ ।
हिन्दु दर्शन अनुसार सम्पूर्ण सनातनीको लागि जनकपुरधाम एक दर्शनिय स्थल हो । तस्र्थ श्री जानकी महारानीलाई दर्शन पूजन गर्न आउने दर्शनार्थीहरुको अचेल घुईंचो लाग्न थालेका छन । तिर्थालुलाई पाकेटमारबाट जोगाउनको लागि रेलिंग लगाएको मन्दिरका उच्चधिकारीहरु बताउँछन ।
तर,जानकी मन्दिरमा सुरक्षा निकायको ड्युटी बढाउनु, सिसी क्यामराको निगरानीमा राख्नुको सट्टा त्यहाँ महिला र पुरुषको लागि दुई वटा रेलिंग लगाएको भन्दै सर्वत्र बिरोध भईरहेकोछ ।
जगमोहनमा लगाईएको दुईटा रेलिंगको विरुद्धमा दर्शनाथीहरु भन्छन, ‘यो रेलिंग बिना बुद्धि बिबेक तथा सोंच समझ भएको मान्छेले लगाएको भन्दै खरो रुपमा प्रतिक्रिया व्यक्त गर्दैछन ।’
गर्भ गृहमा श्रीजानकी महारानी समेत श्रीरामदरबार को एक महारथी श्रीबजरंगवली जगमोहनमा एकापट्टी बिराजमान रहनु भएको छ । त्यस्तै अर्का पट्टी संतहरु बिराजमान रहेका छन।
श्रीरामजानकी को दर्शन पश्चात् श्रीहनुमान जी को दर्शन पुजन र अन्तमा साधु संतको दर्शनगर्ने चलन रहेको छ । तर, रेलिंग लागेपछि श्रद्धालु भक्तजनको दर्शन अधुरो बन्दै आएको उनिहरु बताउँछन ।
श्री जानकी दरबारमा दर्शन पुजन गर्न पुग्ने स्वदेशी या विदेशी पर्यटकदेखि स्थानिय धर्मभिरुहरु समग्रमा रामजानकी दर्शनबाट बंचित हुँदै आएको तर्क उनिहरु राख्दछन ।
पुरुष दर्शनार्थीहरु भन्छन,‘ दर्शन गर्न जानकी मन्दिर पुग्दा श्री रामजानकीसमेत चारवटै दुलहा र चारैवटी दुलहीको दर्शन हुन्छ । तर, हुनमान जी को दर्शन गर्नमा रोक लगाउनु राम्रो कुरा होइनन् ।’
यसैगरी महिला श्रद्धालुहरु भन्छिन, जानकी मन्दिरको श्रीरामजानकी दर्शन राम्रै तरिकाबाट भयो बताउँदै थप्छन हामी त साधु संतको दर्शन पुजन गर्नबाट बंचित हुँदै आएका हौं ।
जेष्ठको पहिलो सात्तामा हुने जानकी नवमीमा मन्दिर ले कसरी जानकी बधाई ज्ञान कार्यक्रम आयोजान हुन्छ एक जना दर्शनार्थीले प्रश्न हुन्छ ।
त्यस्तै अर्का एकजना दर्शनार्थीले श्रावण शुक्ल पक्षमा कसरी जगमोहनमा १५ दिनसम्म झुला आयोजना गर्ने हुन बिचार राख्नु हुन्छ ।
उत्ता, त्यस सम्बन्धमा जानकी मन्दिरका मानमहंथ रामतपेश्वर दास वैष्णव संग जिज्ञासा राख्न खोज्दा उहाँ दुधमती भ्रमणमा जानु भएको खबर एक साधु कर्मचारी ले बताउनु भयो ।त्यस्तै जानकी मन्दिरका छोटे महंथ रोशन दास संग बिचार बुझन जाँदा उहाँ कुनै अर्कै कार्यमा व्यस्त रहनु भएको जानकारी प्राप्त भयो ।
दर्शनार्थीहरुले भारतको प्रख्यात तिरुपति बालाजीदेखि काशी विश्वनाथ मन्दिरसम्मको उदाहरण दिनुहुन्छ । काशि विश्वनाथ बाबामा जलापर्ण गर्न जाँदा श्रद्धालु भक्तजनलाई दुई लाईन लगाएको हुन्छ । तर, बाबा विश्वनाथ समक्ष पुग्नु भन्दा अघि एउटै लाईन बनाएको हुन्छ ।
तर, जानकी मन्दिरामा सुरक्षा निकायको गस्ती बढाउनु बद्लामा रेलिंग लगाउने कार्यले दर्शनार्थीहरुलाई कुण्ठित पार्ने कार्य भएको तर्क राख्दैछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले