फिल्म ‘एक्टर’मा प्रदीप र दिव्याको जोडी
1 वर्ष पहिले प्रकाशित

पबन भट्राई, काठमाण्डौं
,फाल्गुण १७ गते । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन् ।
निर्माणपक्ष र दिव्याका तर्फबाट उनका अभिनेता पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच फिल्मका लागि कागजी संझौता भएको छ ।
निर्माण पक्षका अनुसार दिव्याले भर्चुअल कुराकानीपछि फिल्ममा काम गर्न सहमति जनाएकी थिइन् । अमेरिकामा अध्ययनरत रहेकी दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि दिव्याले यो फिल्ममा काम गर्न राजी भएको बताएकी छिन् । दिव्या अब यही फिल्मका लागि केही सातापछि नेपाल आउँदैछिन् ।
फिल्ममा नायिका आना शर्मा र नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका रहनेछ ।
राजन भुसालको निर्देशन रहने फिल्ममा थमनकुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल छन् ।
फिल्मको छायांकन वैशाख पहिलो साताबाट सुरु हुनेछ । फिल्मलाई आगामी वर्षको कात्तिक १५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ । फिल्ममा रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले