+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

समुद्र भट्टले एलिजा र निश्चल लिएर फिल्म बनाउँदै

1 वर्ष पहिले प्रकाशित

पबन भट्राई,

काठमाण्डौं, फागुन १२ गते । निर्देशक समुद्र भट्टले नयाँ फिल्म बनाउने भएकी छिन् । समुद्रले नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर फिल्म बनाउन लागेकी हुन् ।
द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको अनटाइटल प्रोजेक्टमा उनले एलिजा र निश्चललाई मुख्य भूमिकामा शनिबार अनुबन्धित गराएकी छिन् ।
आगामी बैशाख भित्रै छायांकन सुरु गर्ने गरि तयारी गरिएको फिल्मका बारेमा केही दिनमै सम्पूर्ण जनकारी दिने निर्माण पक्षले गरेको छ ।
लभ स्टोरी क्र्रइम थ्रिलर रहने फिल्ममा समुद्रकै कथा रहने छ ।
अनुराग फिल्मबाट डेब्यु गरेकी एलिजाले त्यस यता थुप्रै म्यूजिक भिडियोमा काम गर्दै आइरहेकी छिन् । उनको यो दोस्रो फिल्म हुने छ ।
निश्चलले ’लण्डन टु पेरिस’बाट रजतपटमा डेब्यु गरेका हुन् । यो फिल्म प्रदर्शनको तयारीमा रहेको छ ।
समुद्रले निर्देशन गरेको ‘गून्यो चोलो’ प्रदर्शनको पर्खाइमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

1 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

1 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

1 महीना पहिले