लुम्बिनी आउने पर्यटकहरुलाई आवागमन सहज बनाउन माग
4 वर्ष पहिले प्रकाशित

भगवान बुध्द जन्मस्थल लुम्बिनीमा पर्यटकहरुको संख्या बढाउन बिभिन्न गन्तव्यसंग यातायात संजाल बढाउन र नेपाल(भारत सीमामा पर्यटकहरुको आवागमन सहज बनाउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएकाछन् ।
एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर्सले लुम्बिनीमा आयोजित अन्तरक्रियामा बोल्दै उनीहरुले दुवै देशले सीमामा पर्यटकहरुको आवागमन सहज बनाउन आबश्यक कदम चाल्नुपर्ने बताए ।
“नेपालतर्फ पर्यटक प्रहरी खटाइएकोले अलि सजिलो छ । तर भारततर्फ पर्यटकहरुलाई धेरै झमेला छ । गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल बनेपछि नेपालबाट भारतका बौद्ध तिर्थस्थलहरुमा जाने पर्यटकहरुको संख्या उल्लेख्य रुपमा बढ्ने हुँदा यस्ता कुरालाई बेलैमा सल्ट्याउनुपर्छ,” एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर्स का नेपाल संयोजक रबिन्द्र शर्माले बताए ।
एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर्स बौद्ध पर्यटनमा आबद्ध पर्यटन ब्यबसायीहरुको प्रतिनिधित्वमुलक संस्था हो । बिहार, भारत, मा मुख्यालय रहेको यस संस्थाको नेपाल लगायतका देशहरुमा शाखा छन् ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर होटल संघका सल्लाहकार चेतन पन्तले नेपाल र भारत मिलेर दुवै देशमा रहेका मुख्य बौद्ध तिर्थस्थल जोड्ने रेलसेवा शुरु गर्नुपर्ने बताए ।
सन् २०१६ मा १३६,२५३ बिदेशी पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यो संख्या लुम्बिनी जस्तै भारतमा रहेका बोधगया, सारनाथ, कुशीनगर जस्ता बौद्ध तिर्थस्थलहरु पुग्ने बिदेशी पर्यटकहरुको संख्याको तुलनामा निकै कम हो । धेरै जस्तो लुम्बिनी आउने बिदेशी पर्यटक भारत हुँदै आउँछन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले