गणिनाथ श्री गोविन्दको मन्दिर गढीमाईमा शिलान्यास
2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,असार २४ गते । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर स्थित गोविन्दधाममा श्री गणिनाथ महाराज श्री गोविन्द भगवानको मन्दिर शिलान्यास सम्पन्न भयो ।
कानु समाज नेपाल जिल्ला कार्यसमिति रौतहटको आयोजनामा निर्माण हुन लागेको सो मन्दिरको शिलान्यास कानु समाज नेपालका अध्यक्ष किशोरी प्रसाद कानु ले एक समारोह बीच गर्नुभयो ।
निर्माण हुने उक्त मन्दिरको गुम्बजसमेत ७ तल्लेको हुने जनाएको छ । मन्दिर निर्माणमा झण्डै ५१ लाख खर्च हुने अनुमान वरिष्ठ उपाध्यक्ष रामसागर साह बताउनुभयो ।
गत सोमबारका दिन शिलान्यास कार्यक्रम राखिएको थियो । तर, विहान ८ बजेदेखि आरम्भ भएको वर्षा नरोकिने काँटछाँट देखेर शिलान्यास कार्यक्रम पाल भित्रमै आयोजन गरियो । उक्तदिन दिउँसो २ बजेसम्म पानी परेको थियो ।
मन्दिर निर्माणका लागि सोही गाउँका वासिन्दा एवं कानु समाज नेपालका बरिष्ठ उपाध्यक्ष रामसागर साहले केहिदिन अगाडी एक कठ्ठा जमिन उपलब्ध गराउनु भएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले