बागमती नदीमा मधेश प्रदेश स्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास
2 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ २४ गते । वर्षायाम सुरु हुने समय आएको र त्यसबेला के(कसरी उद्धारको काम गर्न सकिन्छ भनी सेना, प्रहरी र सशस्त्र भएर संयुक्त रुपमा उद्धार अभ्यास प्रदर्शन गरिएको छ ।
बागमती नदीस्थित नुनथरमा आज (बुधबार ) बिहान मधेश प्रदेश स्तरीय जल उत्पन्न प्रकोप उद्धार अभ्यास गरेर देखाइएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यतामा उद्धार अभ्यास गरिएको मधेश प्रदेशको विपद् व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा उद्धार अभ्यास गरेका हुन् ।
कार्यक्रमलामा मुख्यमन्त्री यादवले बाढी तथा डुबानको उच्च जोखिममा रहेको यस प्रदेशभित्र उद्धारका सामग्रीको अभाव हुन नदिन प्रदेश सरकारले व्यवस्था गर्ने र केन्द्र सरकारसँग समेत माग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा मधेश प्रदेशको गृह, सञ्चार, तथा कानून मन्त्रालयका सचिव उमेशकुमार ढकाल, नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिवासका उपरथी प्रेमध्वज अधिकारी, प्रदेश प्रहरी प्रमुख (डीआइजी) जनक भट्टराई, सशस्त्र प्रहरी प्रदेश प्रमुख (डीआइजी) दीपेन्द्रकुमार साह, सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र लगाएत, अन्य सुरक्षा निकायका जिल्ला स्थित जिल्ला प्रमुख, विपद्को क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि, संचारकर्मी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले