राममन्दिर स्थितको राजदेवी मन्दिरमा बुधवारदेखि चैते नवरात्रा आरम्भ हुँदै
2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,चैत्र ७ गते । यहाँका प्रतिष्ठित मन्दिर राममन्दिरमा चैते नवरात्रा र रामनवमी संगसंगै बुधबारदेखि आरम्भ हुँदैछ । रामनवमीको लागि देशविदेशका साधु सन्तदेखि श्रद्धालु भक्तजनको ओईरो लाग्न थलेका छन ।
हरेक वर्ष रामनवमीको अवसरमा नेपाल तथा भारतबाट साधुसन्तहरु यहाँका राममन्दिरमा आउने गरे झैं यसपाली पनि ओईरो लागेका छन ।
हिन्दु शास्त्र अनुसार वर्षमा चार पल्ट नवरात्रा हुन्छ । त्यसमा यहाँका राम युवा कमिटी र महावीर युवा कमिटीले शरदीय र चैते नवरात्रा आयोजना गर्दै आएको हो ।
यस अवसर पारेर राम मन्दिरको छुट्टै आंगनमा रहेको राजदेवी माताको विशेष पूजा कार्यक्रम महावीर युवा कमिटी ले प्रतिपदा तिथी अर्थात चैत्र ८ गतेदेखि आरम्भ गर्न लागेको छ ।
चैती नवरात्रा अवसर पारेर महावीर युवा कमिटीले माताको भोग राग लगाउने कार्यलाई निरन्तरता दिएको छ । शरदीय ऋतुमा आयोजना हुने दुर्गा पूजा झैं सप्तमी तिथीमा महा आरती र महानवमी तिथीमा महाप्रसादको कार्यक्रम आयोजना हुने महावीर युवा कमिटीका अध्यक्ष वलराम साह ले बताउनु भयो ।
चैत्र शुक्ल पक्ष प्रतिपदा तिथि अर्थात बुधबारबाट आरम्भ भईरेको नवरात्रामा महिलालाई दर्शन पूजन गर्न निषेध गरिने छैन । सरदीय नवरात्रामा राजदेवी मंदिरमा महिलालाई दर्शन गर्न पूर्णतः निषेध गरिएको हुन्छ । पूजा आर्चा माताको गहवर बाहिरबाट नै गर्नुपर्ने हुन्छ । राजदेवी मातालाई वर्षको एक पल्ट शरदीय नवरात्राको महा अष्टमी तिथीको राती बोका वलि प्रदान गर्ने परम्परा चल्दै आएको छ । तर, वलि अन्य दिनमा दिने परम्परा रहेको छैन । यहाँ वलि कहिल्येदेखि चढाउँदै आएको हो भने दन्त कथामा समेत सुन्न पाएको छैन । तर, चैती दुर्गा पूजामा वलि दिने चलन रहेको छैन ।
चैती नवरात्राको अवसरमा रामनन्द चौक र खाक चौक (गंगासागरको पूर्वी डील) स्थित चैते दशैं (वसन्ती नवरात्रा) बडो धुमधामका साथ मनाइदै आएको छ । यहाँ माता दुर्गा,लक्ष्मी,सरस्वती,गणेश लगायतका मुर्तिमा प्राण प्रतिष्ठा गरि पूजा पाठ गरिदै आएको हो ।
राम मन्दिरको अर्को रौनकता रामनवमी महोत्सव रहेको छ । यस अवसरमा देश विदेशवाट साधु सन्त आउने गरेका हुन्छन । उनीहरुलाई गुठी संस्थान कार्यालयबाट पूजा खर्चसमेत उपलब्ध गराईने चलन रहेको छ । त्यसकारण राम मन्दिरमा गेरुवा वस्त्रधारी साधु सन्तहरु झुण्डको झुण्ड जताततै अहिल्येदेखि नै देख्न पाईन्छ ।
चैत्र १६ गते भगवान श्री रामको जन्म दिन भएको हुनाले साधु सन्तको आउने क्रम जारी रहेका छन ।
रामनवमी महोत्सवमा सहभागी हुन देश विदेशका योगीहरु आउने गरेका हुन्छन । चैतनवमी महोत्सव आरम्भ हुनुभन्दा अघि राममन्दिरमा आउनु भएका योगीहरुलाई राम मंदिरका महंथ राम गिरीले खानाको व्यवस्था मिलाउँदै छन ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत�..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले